काठमाडौं । नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत सुभाष निरौलाविरुद्ध आन्दोलनरत पर्यटन व्यवसायीका नेतृत्वकर्तालाई अदालतको मानहानीको अभियोग लागेको छ ।आन्दोलनरत पर्यटन व्यवसायीका नेताहरु रमेश धमला, सिएन पाण्डे, आङछिरिङ शेर्पा, दीपक महत, रामशरण थपलिया, नन्दिनी लाहे थापा, काशीराज भण्डारी, लक्ष्मण गौतम र दिपकराज जोशीलाई अदालतको मानहानी गरेको अभियोग लागेको हो ।
एक महिनाभन्दा बढि आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गरेका व्यवसायीहरुले केही दिनअगाडि मात्रै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । सरकारले वार्ताबाट समस्याको समाधान गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् । आफ्नो माग पूरा नभए पुनः आन्दोलनमा उत्रने उनीहरुले चेतावनी दिदै आएका छन् ।
No comments:
Post a Comment