काठमाडौं । संस्कृति, पर्यटन तथा
नागरिक उड्डयन मन्त्रालयले नेपाल पर्वतारोहण संघलाई पनि छानविनको दायरमा
ल्याएको छ । पर्वतारोहण संघले नेपालका ३३ वटा हिमालहरुबाट उठाउने गरेको
रोयल्टी सम्बन्धमा विभिन्न प्रश्न उठ्ने जनाउदै आइतवार छानविन समिति गठन
गरेको छ ।
पर्वतारोहण संघमा भएको कमी कमजोरीको सुधार गर्न मन्त्रालयका सहसचिव
पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा नीजि क्षेत्रको समेत सहभागिता रहने गरी
पाँच सदस्यीय छानवीन समिति गठन गरेको छ ।
उक्त सििमतमा अर्थ मन्त्रालय र लेखा अधिकृत ध्यान कुमार राई सदस्य
सचिव हुनुहुन्छ । समितिको सदस्यमा भने नीजि क्षेत्रबाट आइतवार दुई जनाको
नाम थप गरिएको छ । आइतवारको मन्त्रालयस्तरीय निर्णयानुसार उक्त समितिमा भीम
पन्त र अच्युत गुरागाईंको नाम थप गरी गरी ५ सदस्यीय छानविन समिति गठन
गरिएको हो ।
eparyatan
No comments:
Post a Comment