Monday, June 9, 2014

ब्लड क्यासर पिडीतलाई एक लाख सहयोग

काठमाडौं । रकम अभावाका कारण उपचारमा कठिनाई भोगी रहेका कान्ति बाल अस्पतालमा उपचार्थ बालकलाई एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरीएको छ ।  ब्लड क्यानसर पिडीत रोल्पा राङसी ३ रिमुलका ११ वष्े भुवन घर्ति मगरको विगत एक बर्ष देखी  कान्ति बाल अस्पतालमा उपचारमा भईरहेको छ । 
घर्तीकी आमा मनिषा घर्ति मगरलाई सोमबार सेभेन सामुराईका एम डि डिल बहादुर मोक्तान, अध्यक्ष सुर्यलाल नगरकोटी र पत्रकार भरतबन्धु थापाले प्रदान गरेका थिए । रकम अभाव भएको जानकारी भएपछी जापानमा अध्ययनरत विद्यर्थीहरुको सस्था नमस्ते सिजुओका नेपालले ९१ ह्जार ८ सय ७७ रुपैया र सेभेन सामुराई ईन्टरनेशनल एजुकेशन सेन्टर प्रालीले ८ हजार १ सय २३ रुपैया गरेर एक लाख रुपैया प्रदान गरेको छ । 
अस्पतालका सहायक निदेशक डा कैलाश प्रसाद साहका अनुसार घर्तीका उपचारमा दिन प्रतिदिन राम्रो भएका बताएका छन् । नमस्ते सिजुओका नेपालका अध्यक्ष रेशम कुमार डगोलले जापानमा अध्धयनरत विद्यार्थीहरुले आफ्नो खर्च बाट सो रकम सहयोग गरेको बताए ।





No comments: