Tuesday, June 10, 2014

डा. विष्णु राईको ‘अटोग्राफ’ सार्वजनिक गर्ने तयारी

काठमाडौं । साहित्यकार डा. विष्णु राईको ‘अटोग्राफ’ नामक कथा संग्रह सार्वजनिक गर्ने तयारी भइरहेको छ । अटोग्राफको बिमोचन यही जेठ ३१ गते दिउसो २ बजे प्रज्ञा–प्रतिष्ठान कमलादीमा साहित्य क्षेत्रमै संकृय रावासावा प्रज्ञिक समाजले गर्न लागेको हो । 
साहित्यकार डा. विष्णु राई करिव ३ दशकदेखी नेपाली साहित्यीक क्षेत्रमा सकृय छन । ‘अटोग्राफ’ कथा संग्रह आफ्नो महत्वकाक्षि पुस्तक भएको उनले बताए ।


उनको पहिलो पुस्तक ‘माला’ कथा संग्रह २०३६ सालमा प्रकाशित भएको थियो । त्यस्तै क्रमश : ‘मान्छे’ नामक कथासंग्रह २०५३सालमा, ‘परपर’ कथासंग्रह २०५५ सालमा, ‘कारागार भित्रको जुन’ कवितासंग्रह २०५९ सालमा, ‘खिमायाको निलो आकाश’ कवितासंग्रह २०६८ सालमा, ‘भेट’ एल्बम २०५३ साल, ‘मेमोरी’ एल्बम २०७० सालमा सार्वजनिक तथा प्रकाशित भएका थिए । 

यस्तै चर्चित पुस्कत तथा लेखहरु डा. विष्णु राईले नेपाली साहित्यीक क्षेत्रमा योगदान दिइसकेका छन् । त्यस्तै उनले अंग्रेजीमापनि पुस्तकहरु प्रकाशित गरेका छन्, भने ठुला–ठुला सम्मानहरुबाटपनि सम्मानित भइसकेका छन् ।

No comments: