रेवती सापकोटा
|
काठमाडौं: एमाओवादी
स्थायी समितिका सदस्य गोपाल किराँतीले अागामी महाधिवेशनबाट एमालेको
अध्यक्षमा केपी शर्मा ओली विजयी हुनुपर्ने बताएका छन्।
संविधानसभाको दोस्रो निर्वाचनमा ओलीसँग
झापामा प्रतिस्पर्धा गरेका किराँतीले आफना प्रतिद्वन्दी एमालेको अध्यक्ष
बन्नु पर्ने पक्षमा उभिएका हुन्। 'मेरो प्रतिस्पर्धी संविधानसभा निर्वाचनमा
मात्रै होइन, एमालेको अध्यक्ष पनि निर्वाचित हुनुपर्छ किनकी उहाँले
निर्वाचनका वेला मतदातासँग आफू एमालेको अध्यक्ष हुने बताउनु भएको थियो'।
किराँतीले भने'उहाँ
दरो र खरो नेता हो त्यसैले उहाँले एमाले महाधिवेशनमा जित्नुपर्छ।' ओली र
किराँतीले झापा-७ मा संविधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका
थिए। एमालेको महाधिवेशन असार १९ गतेदेखि हुदैछ ।
अन्नपूर्ण पोष्ट
No comments:
Post a Comment