काठमाडौं । बिदामा बस्नुभएका नेपाल पर्यटन बोर्डका कायममुकायम कार्यकारी प्रमुख सुवास निरौला कार्यालय प्रवेश गर्नुभएको छ । निरौलालाई कर्मचारी, महिला समूह तथा उनका अन्य समर्थकहरुले खादा लगाएर स्वागत गरेका थिए । बोर्ड परिसरमा निरौलाका करिब २ सय समर्थक पुगेका थिए । पर्यटन मन्त्रालयले भने निरौलालाई बिदामा पठाएर बोर्डकै वरिष्ठ निर्देशक नन्दिनी लाहे थापालाई निमित्तको जिम्मेवारी दिएको थियो ।
हाजिर गरेपछि प्रतिक्रिया निरौलाले सबैलाई एकजुट बनाएर लैजाने बताउदै बोर्ड अब स्वाभाविक रुपमा चल्ने जिकिर गर्नुभयो । सञ्चारमाध्यमले एकतर्फि रुपमा समाचार सम्प्रेषण गरेको गुनासो उहाको रहेको छ ।
हाजिर गरेपछि प्रतिक्रिया निरौलाले सबैलाई एकजुट बनाएर लैजाने बताउदै बोर्ड अब स्वाभाविक रुपमा चल्ने जिकिर गर्नुभयो । सञ्चारमाध्यमले एकतर्फि रुपमा समाचार सम्प्रेषण गरेको गुनासो उहाको रहेको छ ।
संयुक्त पर्यटन समन्वय समिति (जेटीसीसी) को अगुवाइमा पर्यटन व्यवसायीले पर्यटन बोर्ड र निरौलाविरुद्ध गरेको ५२ दिने लामो आन्दोलन गत सातामात्र अन्त्य भएको थियो । उनीहरुले बोर्डको छानबिन र पुनर्संरचना हुनुपर्ने, सुवास निरौलालाई कामु दिन नहुने, राष्ट्रिय पर्यटन मेला स्थगित गर्नुपर्नेलगायत माग सम्बोधन भएको भन्दै आन्दोलन फिर्ता लिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन मन्त्रालयलाई बोर्डको दैनिक काम सुचारु गराउन निर्देशन दिएपछि मन्त्रालयले निरौलालाई बिदामा पठाएको थियो ।

No comments:
Post a Comment