शिखर पोष्ट रिपोर्टर
असार १४, काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आयोजना गरेको एक हप्ते खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । स्वीडिस इन्टर नेश्नल डेभलपमेन्ट एजेन्सी (सिधा)को आर्थिक सहयोग तथा एसिया इन्डिजिनस पिपुल प्याक्ट (एआइपीपी)को प्राविधिक सहयोगमा सम्पन्न उक्त तालिम असार ८ गतेदेखि १४ गतेसम्म काठमाडौंमा सञ्चालन भएको हो ।
शनिबार एक विशेष समारोहबीच तालिमको औपचारिक समापन गरियो । समापन कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले यो तालिम समयसान्र्दिक भएको बताउनुभयो । मिडियामा पहँुच नहुँदा आदिवासी जनजातिहरुको मुद्धा उजागर हुन नसकिरहेको बताउँदै यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । यस्तो तालिम कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझावसमेत उहाँले दिनुभयो ।
फोनिजका अध्यक्ष डण्ड गुरुङले यो तालिमबाट आफुले जानेको शीपमा निखारपन ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । आदिवासी जनजाति पत्रकारहरुको क्षमता विकासका लागि १० वर्षे योजना बनाएर अघि बढिरहेको जानकारीपनि उहाँले दिनुभयो ।
पत्रकार महासंघका महासचिव उजिर मगरले फोनिजले आयोजना गरेको एक हप्ते खोज पत्रकारिता तालिम आदिवासी जनजातिको अधिकार प्राप्तिको मुद्धासँग जोडिएको भन्दै यसलाई थप सशक्त रुपमा अघि बढाउँदै लैजानुपर्ने बताउनुभयो । फोनिजका सल्लाहकार समिति संयोजक खिम घलेले खोज पत्रकारिताबाट मात्रै वास्ताविक पत्रकारको पहिचान हुने भन्दै यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
उक्त तालिममा विभिन्न जिल्ला र जातीय पत्रकार संघको तर्फबाट १६ जनाको सहभागिता रहेको थियो । तालिम अवधिभर नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, महासचिव उजिर मगर, पूर्वअध्यक्ष शिव गाउँले, फोनिजका अध्यक्ष डण्ड गुरुङ, महासचिव गजुरधन राई, गोर्खा एफएमका स्टेसन म्यानेजर मोहनसिं लामा, कान्तिपुर दैनिकका जिल्ला व्यूरो खिम घले, सगरमाथा एफएमका स्टेसन म्यानेजर टिकाराम राई, संविधानविद काशीराज दाहाल, युनेस्कोका सञ्चार संयोजक जेबी विक, वरिष्ठ पत्रकार राजकुमार दिक्पाल, मोहन मैनाली, रेडियो नेपालका अमरध्वज लामा, लक्ष्मणदत्त पन्तलगायतले तालिम दिनुभएको थियो । उक्त कार्यक्रमको संयोजन फोनिजका सचिव राजेश चाम्लिङले गर्नुभएको थियो ।

No comments:
Post a Comment