Friday, June 27, 2014

प्राबिधिक कमजोरिका कारण सुनकोशी पुल भत्केको निष्कर्ष

काठमाडौं । सरकारले हावाको बेग र प्राविधिक कमजोरीका कारण कटारी-ओखलढं्गा सडकअन्तर्गत सुनकोसी नदीमाथि निर्माणाधीन पुल लडेको निष्कर्ष निकालेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलन गरी पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रा. तेजराज थापाको संयोजकत्वमा गठित छानविन समितिले पुलको ट्रस लड्नु मुख्य कारण निर्माणाधीन ट्रसको प्रतिरोध क्षमताभन्दा हावाहुरी बेग बढी तीव्र भएको बताएको छ ।

 गत चैत २४ गते सुनकोसी नदीमाथिको पुल पुलको हर्कपुर (ओखलढुङ्गा)तर्फको ट्रस लडेपछि मन्त्रालयले छानविन समिति बनाएको थियो । उदयपुरको घुर्मी, ओखलढुङ्गाको हर्कपुर, खोटाङ र सोलुखुम्बु जोड्ने पुलको लम्बाई १७० मिटर (८५ मिटरको दुई स्पान), स्टिल ट्रसको चौडाई ५.६ मिटर, स्टिल ट्रसको उचाई ११ मिटर र ट्रसको प्रकार के टाइप रहेको छ ।
१४ करोड ६० लाख लागतमा पुल निर्माण गर्न २०५९ सालमा वाइबा भैरव कन्स्ट्रक्सन जेभी कम्पनीले निर्माणको र हुलास स्टिल इन्डष्ट्रिज लि.ले ट्रस निर्माण तथा इरेकशनको ठेक्का लिएको छ । ट्रस लडेर करिब रु एक करोड क्षति भएको र उक्त रकम ठेकेदार स्वय्मले व्यहोर्ने मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले जानकारी दिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले छानविन प्रतिवेदनप्रति आफू सन्तुष्ट रहेको भन्दै छिटो पुल निर्माणका लागि मन्त्रालयको तर्फबाट आवश्यक कारबाही अगाडि बढाउन मातहतका सबै निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

No comments: