सोलुखुम्बु । सोलुखुम्बुको नेले बजारमा बुधवार बेलुकी भिषण आगोलागी हुदा ३ घर पुर्ण रुपमा जलेर नष्ट भएको छ । बेलुकी करिब ७ बजेर १५ मिनेटमा सुरु भएको आगोलागीबाट ३ घर जलेर खरानी भएको छ भने आगो नियन्त्रनका लागि केही घरहरु भत्काईएको छ । सो आगलागी साँढे दुई घण्टाको अन्तरालमा नियन्त्रन गरिएको थियो ।
आगोलागी सुरु भएको घरका बर्ष ५८ का बृद्धा कुमार सिंङ राई बेपत्ता भएको प्रहरी नायब उपरिक्षक बद्रि बिक्रम थापाले जानकारी दिनुभएको छ । आगो फैलने क्रम नरोकिए पछि बेलुकी करिब ८ बजे नयाँ रणभिम गुल्म सल्लेरीका १४ जना नेपाली सेना, जिल्ला प्रहरी कार्यलयबाट पनि १ दर्जन प्रहरी घटना स्थल पुगी आगो नियन्त्रणको प्रयास गरेक थिए ।
आगोलागीबाट कुमार सिंङ राई, तारा बस्नेत तथा कान्छी शेर्पाको घर पुर्ण रुपमा जलेर नष्ट भएको हो । कुमार सिंङको घरमा रहेको करण ईलेक्ट्रोनिक्स पसलका सबै सामान जलेको छ । त्यस्तै राजु राई, राजेन्द्र बस्नेत तथा बाल कुमार राईको घर भत्काइएको जानकारीमा आएको छ।
No comments:
Post a Comment