काठमाडौं । नेपाल टेलिकमले विगत
वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमार्फत एसएलसी परीक्षाको परिणाम
सेवाग्राहीहरुलाई उपलब्ध गराउने भएको छ । यसवर्षको
एसएलसी परीक्षाको परिणाम कम्पनीको साधारण टेलिफोन पिएसटिएन, सिडिएमए
प्रविधिको र जिएसएम सिडिएमए मोबाइलबाट १६०० मा फोन गरी प्राप्त गर्न सकिने छ
।
जिएसएम सिडिएमएको म्यासेज बक्समा एसएलसी स्पेस सिम्बोल नम्बर टाइप गरी
१६०० मा एसएमएस पठाएर नतिजा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ । साथै, जिएसएम पोष्टपेड/प्रिपेड मोबाइलबाट
१६०० मा सिम्बोल नम्बर अथवा अल्फाबेट डायल गरी कल गरेर पनि सेवाग्राहीहरुले
नतिजा प्राप्त गर्न सक्नेछन् ।
मार्कसिटसहितको नतिजाका लागि नेपाल टेलिकमको बेवसाइट slc.ntc.net.np मार्फत प्राप्त गर्न सकिने टेलिकमले बताएको छ ।
No comments:
Post a Comment