सौखिन बान्तवा
पथरी, २७ जेठ । मोरङका किरात राई समुदायका पत्रकारहरुको लागि अक्षयकोष स्थापना गरिने भएको छ । आदिवासी जनजाति किरात राई समुदायको कला, धर्म, संस्कार, संस्कृति तथा अन्य सामाजिक, आर्थिक विषयमा पत्रकारिताको माध्यमबाट समाजमा उजागर गर्ने पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले अक्षयकोष स्थापना गर्न लागिएको हो ।
मङ्गलबार पथरीमा किरात राई पत्रकार संघ र किरात राई यायोक्खाविच भएको छलफलबाट अक्षयकोष स्थापना गरिने निर्णय भएको यायोक्खाका मोरङ अध्यक्ष नवीन राईले जानकारी दिए । अक्षयकोष स्थापनार्थ श्रोत पहिचानको लागि यायोक्खा मोरङ उपाध्यक्ष नरहाङ राईको संयोजकत्वमा तीन सदस्यीय अक्षयकोष निर्माण समिति गठन गरिएको छ ।
गठित समितिको सदस्य सचिवमा यायोक्खाकै कृष्णकुमार राई, र सदस्यमा पत्रकारको तर्फबाट सन्तोष राई चयन भएका छन् । समितिले अक्षयकोष स्थापनार्थ आवश्यक श्रोत पहिचान गर्ने सहमती भएको अध्यक्ष राईले जनाए ।
अक्षयकोष मार्फत् राई समुदायको विषयमा कलम चलाउने जिल्लामा कार्यरत एक जना पत्रकारलाई हरेक बर्ष पुरस्कार प्रदान गरिने बताइएको छ । त्यस्तै कार्यक्षेत्रमा रहेका बेला विभिन्न घट्ना, दुर्घटना तथा दैवी विपत्तीमा परेका राई पत्रकारलाई अक्षयकोष मार्फत् आर्थिक सहयोग गरिने किरात राई पत्रकार संघ मोरङका उपाध्यक्ष विजय खम्बूले जानकारी दिए ।
हालै नवनिर्वात यायोक्खा र पत्रकारविच भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा अधिकांशी सहभागीले पत्रकार र यायोक्खा एक आपसमा नङमाशु भएकोले सहकार्य गरेर अगाडी बढ्नुको विकल्प नभएकोमा जोड दिए । मोरङ जिल्लामा जम्माजम्मी एक दर्जन राई पत्रकारहरु रहेकोमा आधा दर्जन मात्रै सक्रिय पत्रकारिता गर्दै गरेको पत्रकार सन्तोष राईले जानकारी गराएका थिए ।
त्यस्तै अन्य पत्रकारहरुले आफुहरु काम गर्न योग्य भएपनि ठूला भनिएका नेपाली सञ्चार क्षेत्रमा राई समुदायको लगानी नभएकोले रोजगारीसँगै समाचारहरु प्राथमिकतामा नपर्ने गरेको दुखेसो राखे ।
कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष भिषण राई, यायोक्खाका अध्यक्ष नवीन राई, उपाध्यक्ष नरहाङ राई, सचिव कृष्णकुमार राई, शिक्षासेवी अशोक साङपाङ राई लगातले बोलेका थिए ।
किरात राई पत्रकार संघका उपाध्यक्ष विजय खम्बूको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिव सौखिन बान्तवाले सञ्चालन गरेका थिए ।

No comments:
Post a Comment