Friday, June 20, 2014

सभासदसहितको टोलीद्वारा पर्यटन पदमार्गको अनुगमन

शिखर पोष्ट रिपोर्टर
काठमाडौं । राष्ट्रिय योजना आयोगका सचिव सोम लाल सुवेदी, टे«किङ एजेन्ट एसोसियसन अफ नेपाल (टान) का केन्द्रीय सदस्य तथा मिडिया संयोजक निलहरी बास्तोला र संविधानसभाका सभासद् बल बहादुर केशीलगायतका टोलीले सोलुखुम्बु छेस्कामको मुद्विदेखि सेतीपोखरीसम्म निर्माणाधिन पर्यटन पदमार्ग र महाकुलुङ विमानस्थलको स्थलगत अनुगमन गरेको छ ।


अनुमगनको क्रममा राष्ट्रिय योजना आयोगका सचिव सुवेदीले अति रमनीय क्षेत्र भए पनि यसक्षेत्रमा पर्यटन प्रवर्दन गर्दा सकारात्मक र नकरात्मक पक्षको ख्याल गर्नु पर्ने आवश्यकता औल्याउनु भएको पहाडी विकास तथथा संरक्षण समुह नेपालका कोषाध्यक्ष तथा अनुगमनमा संलग्न बागमान कुलुङले जानकारी दिनुभयो ।
त्यस्तै संविधानसभा २ मा मतदान गर्ने सबैलाई धन्यवाद दिदै सभासद् केसीले छेस्काममा १० जोड २ संचालन गर्नका लागि आफुले नगद ८ लाख र विद्यालयको कोषमा ५० हजार लगाईदिने घोषणा गर्नु भयो ।

यसका साथै उच्च माध्यमिक शिक्षा परिषदमा दर्ता पछि थप प्रशासनिक प्रकृयामा समेत सक्दो सघाउने प्रतिवद्धता जनाउनु भयो । छेस्कामको पिचिरिममा बोल्दै सभासद् केसीले सेतीपोखरी क्षेत्र लगायत ईलाका नं ४ मा पर्यटकीय संभावना बोकेको प्रसस्त ठाँउहरु भए पनि प्रचार प्रसार र भौतिक पूर्बाधार विकासको अभावमा ओझेलमा परेको र त्यसको प्रचार प्रसार र विकासका लागि आफुले कुनै  कन्जुस्याई नगर्ने बताउनु भयो ।
त्यस्तै वर्षा टरेपछि कोशीपारीको सडक खन्नको लागि दुधकोशीमा दोजर टार्न तयारी भईरहेको समेत जानकारी दिनु भयो । छेस्काममा बल्दै गरेको विजुलीको खम्बा उपलब्ध गराउनको लागि सक्दो पहल गर्ने आस्वाशन समेत उहाँले दिनु भयो । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन स्थानीय संस्था पहाडी विकास तथा संरक्षण समूह नेपालले गरेको थियो । 

No comments: