Friday, June 6, 2014

विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

खोटाङ । खोटाङको नुनथलास्थित हुर्लुङपाखा सामुदायिक बन समूहले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ । सामुदायिक बन उपभोक्ता समूहले नुनथला ८ स्थित नवज्योती प्राबिका ३५ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।


विद्यार्थीको शैक्षिक प्रगतीका लागि बन समूहले कापी, कलम लगायतका शैक्षिक सामग्री प्रदान गरेको समूहका अध्यक्ष टिकाराम तामाङले जानकारी दिनुभयो । समूहले विद्यालयमै औपचारिक कार्यक्रमकाबीच शैक्षिक सामग्री प्रदान गरेको सामुदायिक बन उपभोक्ता महासंघ खोटाङकी सहजकर्ता सम्झना बिश्वकर्माले बताउनुभयो । 

No comments: