काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन दिनभित्र नेपाल पर्यटन वोर्डको सेवा सुचारू गर्न सरकारलार्इ निर्देशन दिएको छ । अख्तियारले उपयुक्त उपायबाट सेवा सुचारू गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाइएको छ । अन्यथा मन्त्रालय, पर्यटन वोर्डका पदाधिकारी र सम्बद्ध अन्य पदाधिकारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बमोजिम कारबाही अगाडि बढाइने अख्तियार जनाएको छ ।
पर्यटन वोर्डको कार्यालय ५२ औ दिन देखि बन्द रहेको, महिना दिनसम्म कार्यालय प्रमुख अनुपस्थित रहेको र कर्मचारीहरुले हाजिर गरि कामकाज नगरी तलब भत्ता लगायतका सुविधा लिइरहन भन्दै अख्तयारले गम्भीरतापूर्वक समस्या समाधान गरी वोर्डको कार्य सुचारु गर्ने गराउने व्यवस्था मिलाई भनेको छ ।
No comments:
Post a Comment