काठमाडौं । निजी क्षेत्रका पर्यटन व्यवसायी संघ–संस्थाहरूको मागले गर्दा नेपाल टुरिजम बोर्डको कामकाज गर्ने सहज वातावरण नभएको भन्दै बोर्डका कर्मचारीहरूले काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।
बोर्ड र निजी क्षेत्रका पर्यटन व्यवसायी एवं संघसंस्थाहरुबीचको असमझदारीबारे आफुहरुको ध्यानाकर्षण भएको बताउँदै कर्मचारीहरुले बोर्डको नियमित काममा अवरोध नगर्न सम्वद्ध पक्षहरुसँ अपील गरेका छन् ।
नेपाल पर्यटन बोर्ड कर्मचारी युनियनको शुक्रबार बसेको बैठकले निजी क्षेत्रबाट राखेका उचित मागहरूलाई सम्बोधन गर्न सम्बन्धित निकाय समक्ष आग्रह गरेको छ । उनीहरूले विगत लामो समयदेखि रिक्त रहेको कार्यकारी प्रमुख यथाशीघ्र चयन गर्न, महालेखा परीक्षकको कार्यालयबाट लेखापरीक्षण भई प्रतिवेदन सार्वजनिक भएको अवस्थामा निजी क्षेत्रबाट आर्थिक अनियमितताका विषयमा उठेका प्रश्नलाई सम्बन्धित निकायबाट छानविन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । छानविनको क्रमेमा दोषी पाइएमा जो कसैलाई पनि कारवाही गर्नुपर्ने युनियनका अध्यक्ष प्रदीप बस्नेतले बताउनुभयो ।
.jpg)
No comments:
Post a Comment