सोलुखुम्बु । सोलुखुम्बुको बासा गाविसमा सडक बिस्तारको कामका लागि जिविस र गाविसले छुट्टयाएको रकम कामै नसकि सकिने देखिएको छ । जिल्ला बिकास समिति सोलुखुम्ुबुले २० लाख र गा.वि.सले सडक निर्माणका लागि ५ लाख रुपैया बिनियोजन गरेको थियो ।
सो रकम कामै नसकी सक्ने भएपछी स्थानीयबाशी चिन्तित बनेका छन । बासा ४ सोमबारे हुदै बासा दुईमा रहेको गाबिस भवन, खाली माबि हुदै बासा नौको ठुलो ढुङगा सम्म पुर्याउने योजना रहेको सो सडक बासा ३ माझ गाउ सम्म मात्र सडक खनिसक्दा नै बजेट सकिए पनि बासाका सर्बसाधरण चिन्तीत बनेका हुन् । उनिहरुले रोयल्टि बापत जिल्लाले प्राप्त गरेको रकमबाट सहयोग माग गर्ने योजना बनाएका छन् । सडक बिस्तारका क्रममा बासा ४ मा रहेको बाघ लडे अप्ठेरो भिरमा सडक खन्दा ढुङगा झरेर निर्माण कार्यलाई नै प्रभाबित पारे पछि करिब ६० मिटर बाटो निर्माण नगरि काम सुरु गरिएको थियो । योजना मुताबिक सडक निर्माण गर्न रकम अभाब भए पछी स्थानियबासिले पर्यटन रोयल्टि बापतको रकम माग गर्ने योजना बनाएका हुन् ।
बजेट आधा काममै सकिए पछि आगामि २२ गते गा.वि.स सचिबको अध्यक्षतामा सरोकारबाला राजनैतिक दल र स्थानियबासिको संयुक्त छलफल राखेर सो रकम मागको पहल गर्ने सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रदिप राईले बताउनुभयो । सो सडक योजना यसै आर्थिक बर्षमा पुरा गर्न सके त्यस क्षेत्रका बासा सहित वाकु, जुभिङ, टाक्सीन्दु लगायत अन्य गाबिस सम्म सडक पहुच पुर्याउन सजिलो हुने समितिका अध्यक्ष राईको भनाई छ ।
No comments:
Post a Comment