काठमाडौं । यस बर्षको मिस नेपालको ताज धरानकी सुबिन लिम्बूले जितेकी छन् । शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा प्रमुख निर्णायक रुक्मांगत कटुवालले सोधेको तपाइले यो प्रतिस्पर्धा जित्नुभयो भने तपाईं कसरी नेपालमा छरिएर रहेका यूवायूवतीलाई एकै ठाउँमा राखेर नेपालमै रोजगारी सिर्जना गर्न के सल्लाह दिनुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिदै अन्य १८ जनालाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।
उनले मिस नेपालसँगै नगद ५० हजार र मिस वल्र्ड मा भाग लिने अवसर पाएकी छिन् । प्रतियोगितामा प्रनयना केसी मिस पर्सनालिटी, सोनीराज भण्डारी मिस नेपाल ईन्टरनेशनल र प्रिन्सा श्रेष्ठ मिस नेपाल अर्थ चुनिएका छन् भने मिस व्युटीफूल हेयर रश्मी अधिकारी घोषित भइन ।
सोनिले मिस इन्रटनेशनलमा भाग लिन पाउनेछिन् ।

.jpg)

No comments:
Post a Comment