काठमाडौं, वैशाख १८ - सन् २०१५ का लागि डाइभर्सिटी भिसा (डिभी)- २०१४ को नतिजा सार्वजनिक गरिएको छ । २०१३ को अक्टूबर १ तारिखदेखि नोभेम्बर २ सम्म भरिएका आवेदकमध्येबाट नतिजा सार्वजनिक गरिएको अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासले बिहीबार राति जारी गरेको पब्लिक नोटिसअनुसार अमेरिकी समयअनुसार मे १ तारिखको राति १२ बजेपछि अफिसियल वेबसाइटमा राखिनेछ । छानिएकाहरुले अमेरिकाको स्थायी बसोबास कार्डका लागि प्रक्रिया सुरु गर्नेछन् ।
सन् २०१५ का लागि विभिन्न देशका ५५ हजार नागरिकहरुले स्थायी बसोबास भिसा पाउनेछन् । आवेदकहरुलाई 'कन्फरमेसन नम्बर' सन् २०१४ सेप्टेम्बर ३० सम्म सुरक्षित राख्न दूतावासले आग्रह गरेको छ ।
नतिजा थाहा पाउन यहाँ क्लिक गर्नुहोस्
https://www.dvlottery.state.gov/

No comments:
Post a Comment