Friday, May 2, 2014

काक्रेविहारमा बुद्धको मूर्ति प्रतिस्थापनको अभियान बुद्ध जयन्ती

काठमाडौं । काक्रेविहारमा बुद्धको मूर्ति स्थापना गर्ने अभियानसहित यो वर्षको बुद्ध जयन्ती मनाइने भएको छ । गत वर्ष बुद्ध जयन्तीकै दिनबाट काक्रेबिहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्ने विषयमा आन्दोलनका कार्यक्रमहरु सार्बजनिक गरेको स्मरण गर्दै नेपाल बौद्ध महासंघले यस वर्षको बुद्ध जयन्तीलाई पनि काक्रे विहारमा बुद्धको मूर्ति प्रतिस्थापन गर्ने अभियानकै रुपमा लिएको बताएका छन् । 


“सम्पूर्ण नेपालीको चाहना, स्थायी शान्तिको कामना” भन्ने मूल नाराका साथ मनाउन लागिएको बुद्ध जयन्तीलाई सफल बनाउन आदिवासी जनजाति संघ संगठन र बुद्धका अनुयायीहरुले भब्य रुपमा मनाउन लागेको हो । बुद्ध जयन्तीको अवसर पारी आयोजना गरीएको पत्रकार सम्मेलनमा नेपाल बौद्ध महासंघका अध्यक्ष फुपुछेम्बे शेर्पाले काक्रेविहार आन्दोलन यथावत रहेको र यसलाई निरन्तरता दिने बताए । ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ ।’ उनले भने, तर राज्यले हाम्रो मागको सुनुवाई बेवास्ता गरी संघर्षका कार्यक्रम गर्न बाध्य नपारियोस । बौद्ध जयन्तीलाई भब्य रुपमा सफल पार्न आफुहरुले सक्दो पहल गर्ने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए । 

पत्रकार सम्मेलनमार्फत नेपाल बौद्ध महासंघले सप्ताहब्यापी कार्यक्रम सार्बजनिक गरेको छ । नेपाल बौद्ध महासंघले नेपालमा जन्मिएका बुद्धको २५५८ आंै बुद्ध जयन्तीको अवसरमा बैशाख २६ गते साझ ५ बजे किर्तिपुरमा दीप प्रज्वलन गर्ने लगायतका कार्यक्रमहरु पत्रकार सम्मेलनमार्फत सार्बजनिक गरेको छ ।



No comments: