Tuesday, April 22, 2014

पत्रकार महासंको ‘समावेशी अभियान’अभियान शुरु

काठमाडौं, ९ बैशाख । नेपाल पत्रकार महासंघलाई समावेशी बनाउन समावेशी संचार अभियान शुरु भएको छ । सबै जाति, धर्म, लिङ्ग, भाषा, वर्ग र क्षेत्रको समावेशी प्रतिनिधित्व नभएको  भन्दै संचार अभियान शुरु गरीएको हो । नेपाल पत्रकार महासंघले बोलीमा समावेशीकरण हुन्छ भन्ने गरेपनि लिखित रुपमा समावेशीकरणलाई मान्न नचाहेको आरोप अभियानका संयोजक एवं जागरण मिडिया सेन्टरका अध्यक्ष रेम विकले लगाए । ‘अवको महाधिवेशनमा समाबेशीकरण नभए महाधिवेशनलाई अवरोध पु¥याउन जस्तोसुकै संघर्ष गर्न पनि हामी तयार छौं ।’ उनले भने, त्यसको जिम्मेवार पत्रकार महासंघ हुनुपर्छ ।


नेपाल पत्रकार महासंघको विधान संशोधन दुईतिहाई बहुमतले पारित गर्नुपर्ने प्रावधान भएपनि यस पटकको महाधिवेशनमा समावेशी संचार अभियानले राखेका माग र विधान संशोधनको प्रस्ताव कुनैपनि हालतमा पारित हुनुपर्ने नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष डण्ड गुरुङले बताए । ‘समावेशी संचार अभियान’ ले अभियानको शुरुवात गरीसकेको भन्दै यस अभियानमा जुट्न देशभरका संचारमाध्यम र संचारकर्मीहरुलाई आग्रह गरेको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले चार बुदे माग सहितको प्रेस विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा विधानको दफा ११ को उपदफा ज र झ थपिनुपर्ने मागहरु छन् । उपदफा ज महासंघको महाधिवेशनले १ संयोजक र २ सदस्य सहित तीन सदस्यीय लेखा समिति निर्वाचित गर्नेछ र त्यसको काम, कर्तब्य र अधिकार तोकीए बमोजिम हुनेछ । त्यसैगरी झ मा महाधिवेशनले १ संयोजक र २ सदस्य सहित तीन सदस्यीय अनुशासन तथा आचारसहिंता अनुगमन समिति गठन गर्नेछ । त्यसको काम, कर्तब्य र अधिकार तोकीए बमोजिम हुनेछ लगायतका मागहरु छन् । अभियानमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), जागरण मिडिया सेन्टर, संचारिका समूह, मधेशी पत्रकार संघ, मधेश मिडिया हाउस, क्रियाशिल पत्रकार महिला, अपाङगता भएका पत्रकार समूह, मधेश पत्रकार समाज लगायत रहेका छन् ।

No comments: