काठमाण्डौं – सगरमाथा आरोहणका क्रममा बैशाख ५ गते विहान हिमपहिरोमा परी ज्यान गुमाएका आरोही शेर्पाहरुको नाममा नेपाल शेर्पा संघ केन्द्रीय कार्यसमितिले शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार बेलुकी लाजिम्पाटको साङ्ग्रीला होटलमा आयोजित एक विशेष बैठकले सो प्रस्ताव पारित गरेको हो ।
अध्यक्ष पेमा छिरि शेर्पाको अध्यक्षतामा आयोजित बैठकमा पुर्व सभासद जीपछिरिङ लामा, लक्की शेर्पा, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पा, पुर्व माननीय आङ ङवाङ शेर्पा, स्लोभाकियाका काउन्सुलर पासाङ दावा शेर्पा, नेपाल बौद्ध महासंघका महासचिव आचार्य नोर्बु शेर्पा, शेर्पा संघका सल्लाहकारहरु, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
नेपाल शेर्पा संघको आसन्न पाँचौ राष्ट्रिय महाधिवेशनका लागि आर्थिक संकलन, भावी नेतृत्व र विगतको समिक्षासहितको विषयमा छलफल गर्नका लागि आयोजना गरिएको थियो । बैठकबाट नेपाल शेर्पा ंसंघको आगामी बैशाख २६, २७ र २८ गते हुन गईरहेको महाधिवेशनका लागि आर्थिक सहयोग गर्नुका साथै भावी नीति र नेतृत्वको विषयमा उपस्थित सबैले आ–आफ्ना सुझावहरु राख्नुभएको थियो ।
No comments:
Post a Comment