बाबुकाजी कार्की
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने क्रममा शुक्रबार हिमपहिरोमा परी १५ जनाको मृत्यु भएको छ । मृतकहरु सबैजना भरिया बनेर गएका शेर्पाहरुसहितको समूह हो । हिमपहिरोमा परेका ४ जनलाई उद्दार गरिएको छ ।
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने क्रममा शुक्रबार हिमपहिरोमा परी १५ जनाको मृत्यु भएको छ । मृतकहरु सबैजना भरिया बनेर गएका शेर्पाहरुसहितको समूह हो । हिमपहिरोमा परेका ४ जनलाई उद्दार गरिएको छ ।
हिमपहिरोमा परेकामध्ये अझै केही हराइरहेको उद्दारटोलीको अनुमान छ । सगरमाथा आधारशिविरबाट सेकेन्ड क्याम्प खडा गर्न सामानहरु लिएर गएका शेर्पाहरुको समूह हिमपहिरोमा परेको हो ।
‘सेकेन्डक्याम्प खडा गर्न गएका शेर्पाहरु लोलडिप मुनिबाट विहान करिब साढे ६ बजेको समयमा खसेको हिमपहिरोमा परेका हुन्’, आधार शिविरमा रहेका पर्यटन मन्त्रालयका सम्पर्क अधिकृत सुविर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘घटनास्थलबाट संकलित गरिएका १२ जनाको शवलाई आधारशिविरबाट खुम्जुङस्थित फेरुचे अस्पतालमा हेलीकोप्टरमार्फत ल्याइएको छ ।’ उनका अनुसार उद्दारमा खटिएको टोलीले तीनजनाको शव हिउँले चेपिएको अवस्थामा देखेपनि उद्दार गर्न सकेको छैन ।
हिमपहिरोमा ज्यान गुमाउने सोलुका आठजना
हिमपहिरोमा परी मृत्यु हुनेहरुमा सोलुखुम्बुको नाम्चे गाविस थामेका आङछिरिङ शेर्पा, दोर्जी शेर्पा, तेन्जिङ छोर्तेल शेर्पा र मिङमार शेर्पा रहेका छन् । त्यसैगरी खुम्जुङका छिरिङवङछु शेर्पा र लाक्पा तेन्जिङ शेर्पाको पनि ज्यान गएको छ । हिमपहिरोमा परेर ताप्लेजुङका दोर्जी खत्रीको पनि निधन भएको छ ।
त्यस्तै सोलुखुम्बुकै पाङ्बोचेका वाङ्गीले शेर्पा र फेमदोर्जी शेर्पाको पनि हिमपहिरोमा परेर ज्यान गएको छ । त्यसैगरी संखुवासभाका फुर्तेम्बा शेर्पाको पनि हिमपहिरोमा परेर ज्यान गएको छ । शव फेला परेका अन्य दुईजनाको भने सनाखत हुन सकेको छैन ।
मौसमको खराबी घटनास्थलमा हिउँले च्यापिएको अवस्थामा रहेका अन्य तीनजनाको शव भने निकाल्न नसकिएको संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए । घटनास्थलमा तीब्रगतिमा हुरी चलेपछि दिउँसो ३ बजेबाट शनिबार विहानसम्मका लागि उद्धारकार्य स्थगित गरिएको छ ।
हिम पहिरोमा परी गम्भीर घाइते भएका चारजना मध्ये एकजनालाई उपचारका लागि काठमाडौँ लगिएको छ भने तीनजनाको सोलुखुम्बुको नाम्चेमै उपचार भइरहेको छ ।
आधार शिबिरबाट शुक्रबार बिहान करिब ४ बजे हिडेका उनीहरु ६ : ३० बजे दुर्घटना परेका अल्पाईन एभरेष्ट ट्रेकिङका ट्रेकिङ गाईड भोला पौड्यालले बताए ।
हिमपहिरोले निम्त्याएको विपत्तिपछि सगरमाथा आरोहणमा रहेका क्याम्प १ र आधारशिविरका करिब ७० वटा समूहका आरोही र सहयोगीहरु त्रसित भएका छन् । यस अघि सन् १९७४ मा पनि सोही स्थानमा ठूलो हिमपहिरो गएको बताईन्छ । त्यसबेला झरेको हिमपहिरोमा परेर २० जना हराएका थिए ।
onlinekhabar

No comments:
Post a Comment