लेखनाथ खतिवडा / पाँचथर
“प्रेम गर प्रेम गर्नु जाति हो,
दिउँसो गर्नु भन्दा राती हो
राती नै गर किनकी
तिम्रो बावु मेरो साथी हो।”
पछिल्लो पुस्ताका चर्चित हास्य कलाकार विल्सनविक्रम राई 'तोक्मे बुढा' ले यस्तै सायरी र हास्य सामाग्री पस्केर दर्शकलाई हसाए।
“प्रेम गर प्रेम गर्नु जाति हो,
दिउँसो गर्नु भन्दा राती हो
राती नै गर किनकी
तिम्रो बावु मेरो साथी हो।”
पछिल्लो पुस्ताका चर्चित हास्य कलाकार विल्सनविक्रम राई 'तोक्मे बुढा' ले यस्तै सायरी र हास्य सामाग्री पस्केर दर्शकलाई हसाए।
चैत्र वैशाखको हावाहुरी र धुलो, निकै साँझ परिसक्दा पनि रोकिएको थिएन फिदिम उच्च माविको खेल मैदानमा दर्शकहरुकेा हुटिङ र 'वान्स मोर'। राईले 'मखमली पछ्यौरीले सानु' भन्ने गीतमा नृत्य प्रस्तुत गर्दै जोडे पाँचथरकै केटीसँग पहिलो पटक लभ परेको कुरा त्यो पनि करिव १० वर्ष पहिला अनि त दर्शक दिर्घावाट ताली र हुटिङको फोहोरा सुरु भइहाल्यो ।
त्यही गीतमा पाँचथरमा पहिलो नृत्य प्रस्तुत गरेको र सोही नृत्य विश्वका ४० मुलुकमा प्रस्तुत गरेको राई भन्दै थिए । टेलीश्रृङ्खला मेरी बास्सैका कलाकार राईले लामो समय पछि फिदिम आउन पाएको खुसी व्यक्त गरे। मंगलबार दिँउसोबाटै सुरु सांस्कृतिक एवं मनोरञ्जनका प्रमुख आकर्षण नै राई थिए। संगीतकार एवं गायक ताराप्रकाश लिम्बूले गाएको 'बेवी आई लभ यू' भन्ने गीतमा राईले आफ्नो अन्तिम प्रस्तुतीको रुपमा नृत्य प्रस्तुत गरेका थिए।
“कला र साहित्य पाँचथरको पहिचान, लागू पदार्थ दुर्ब्यसन विरुद्ध हाम्रो अभियान” भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा हाँस्य कलाकार वि वि केरुङले विभिन्न चरा चुरुङ्गीको आवाज सहित हाँस्य प्रस्तुति प्रदर्शन गरेका थिए।
कार्यक्रममा नायिका ऋचासिंह ठकुरी, गायक तथा संगीतकार ताराप्रकाश लिम्बु, मोडल तथा कोरियाग्राफर ङमा मोक्तान, लिम्बूवान आयडल कञ्चन थलङ, फिदिमे युवा गायक सुजन शंकर लगायतले दर्शकलाई भरपुर मनोञ्जन दिलाएका थिए।

No comments:
Post a Comment