काठमाडौं । नेपालको पहाडी जिल्लामा उत्पादन हुने कोदो र फापर पनि बिदेशबाटै ल्याउने गरिएको छ । सुगमको चामल उच्च पहाडी भेगमा पुर्याउन थालेपछि कोदो र फापर लगाउने प्रचलन कम हुँदै गएकाले परनिर्भर बन्नुपरेको हो ।स्वदेशको पुरानो खाद्यबाली कोदो र फापर आयात दर बर्सेनि बढ्दो छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७०/०७१ को पहिलो ८ महिनाको तथ्यांकअनुसार उक्त अवधिमा २३ करोड ३८ लाख रुपैयाँभन्दा धेरैको कोदो आयात भएको छ । ५ वर्षअघि साढे ६ करोडको कोदो आयात भएको थियो । अघिल्लो वर्ष २६ करोड १० लाखभन्दा धेरैको आयात भएको तथ्यांकले देखाएको छ ।
फापरको आयात पनि बढ्दै गएको तथ्यांकले देखाएको छ । केन्द्रका अनुसार यो ८ महिनामा ६२ लाख ३८ हजारको फापर आयात भएको छ । ५ वर्षअघि यसको वाषिर्क आयात १३ लाख ९७ हजार रुपैयाँ बराबर थियो । सन् २०१२/१३ मा आयात बढेर ३ करोड ६१ लाख पुगेको देखिन्छ । यी दुवै वस्तु भारतबाट आयात भएको हो ।

No comments:
Post a Comment