काठमाडौ । उदयुपुर जिल्लाको घुर्मी र ओखलढुंगाको हर्कपुर जोड्ने सुनकोशीको पुल डिजाइन र बजेट विनियोजन भएको डेढ दशकसम्म पनि विभिन्न दाउपेचको शिकार भएर बन्न सकेन। २ सय ५६ मिटर लामा उक्त पुलको निर्माणले पोहोर सालदेखि बल्ल गति पायो। यो पुलले ओखलढुंगा, खोटाङ र सोलुखुम्बु जिल्लाको लाखौं जनतालाई सुविधा दिने भएकाले त्यो उल्लास स्वभाविक थियो। आधा भन्दा बढी काम सम्पन्न भइसकेको पुललाई फेरि अर्को अनिष्ट लागेको छ। हिजो (सोमबार) राति ओखलढुंगापट्टिको ८६ मिटर पुल गर्ल्यामगुर्लुम भएको छ। ठूलो हावाहुण्डरी र असिनापानी परिरहेको बेला घटना भएको हो।
'यत्रो पुल कसरी भत्क्यो भनेर हामी चकित परेका छौं, ‘ओखलढुंगा–२ का सभासद् रामहरि खतिवडाले भने। स्थानीयहरु त्यत्रो पक्की पुल भत्केको देखेर नानाथरि अड्कलबाजी गरिरहेका छन्। हावाहुरी वा चट्याङ्ले मात्र यत्रो घटना भएकोमा उनीहरु पूर्ण विश्वस्त छैनन्। ‘काठमाडौंबाट सडक विभागका उपमहानिर्देशक सहितको टोली आइरहेको छ,’ खतिवडाले भने, ‘सिडिओसहित अरु अधिकारीहरु पनि जम्मा हुँदैछन्।’ पुल भत्केर कति क्षति भयो भन्ने यकिन प्राविधिक मूल्यांकन पछिमात्र गर्न सकिन्छ।
setopati

No comments:
Post a Comment