काठमाडौं । सरकारले सगरमाथा आरोहण गतिविधि सुचारू रूपमा संचालन गर्न आग्रह गरेका छन । मन्त्रलायद्वरा एक विज्ञाप्ति जारी गर्दै सगरमाथा क्षेत्रको पर्वतारोहण संसारका धेरै मानिसहरुको रुचि र चाखको विषय भएकाले आरोहण गतिविधि सचारु रुपमा सञ्चालन गर्न अपिल गरेका छन । मन्त्रलायका प्रबक्ता मोहनकृष्ण सापकोटा द्वरा जारी गरिएको विज्ञाप्तिमा आरोहणलाई थप सुरक्षित, विश्वासनीय र आकर्षक बनाउन मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै हाल भएको दःखद घटनाबाट प्राप्त अनुभवको समेत उपभोग गरि सुरक्षित आरोहण गतिविधि गर्न अनुरोध गरेका हुन ।
यसै गरी आरोहण कार्यमा खटिने कामदारको बिमालगायत सुविधा रकममा दोब्बरभन्दा बढी वृद्धि गरेको छ । खास गरी आरोहणको काममा अति महत्वपूर्ण भूमिका खेल्ने शेर्पा सरदार गाइड, उच्च क्षेत्रका कामदार र स्थानीय कामदारहरूको वीमा सन् २०१४ को वसन्त ऋतुदेखि लागू हुने गरी सरदारहरूको रू. ५ लाखबाट रू. १० लाख, क्लाइम्बिङ गाइडको रू. ४ लाखबाट रू. १० लाख, बेसक्याम्प कामदारको रू. ३ लाख ५० हजारबाट रू. ८ लाख र स्थानीय कामदारको रू. २ लाख ५० हजारबाट रू. ५ लाख पु¥याइएको छ । सबैका लागि औषधोपचार वीमा रू. ५० हजार बाट रू. ३ लाख गरिएको मन्त्रलायको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

No comments:
Post a Comment