Wednesday, April 9, 2014

किरात राई बिद्यार्थी संघको राष्ट्रिय सम्मेलन सुरु

सोलुखुम्बु । बैज्ञानिक र ब्यबहारिक शिक्षाका लागि शैक्षिक नितिमा प्रहार , पहिचान सहितको किरात स्वायत्त राज्य किराती एकताको आधार भन्ने मुल नाराका साथ किरात राई बिद्यार्थी संघको सातौ राष्ट्रिय सम्मेलन सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा आजदेखी सुरु हुदैछ ।  सम्मेलनको उद्घाटन संबिधान सभाकी उपाध्यक्ष ओनसरी घर्तीले गर्ने कार्यक्रम छ ।

सम्मेलनले संगठनको बिधान संसोधन लगायत नया कार्यकालको लागि नया नेतृत्व समेत चयन गर्ने बताईएको छ । सातौ राष्ट्रिय सम्मेलनमा पुर्बि नेपालका २० जिल्लाबाट पाच सय भन्दा बढि प्रतिनिधि र पर्यबेक्षकहरुको सहभागिता रहने आयोजकले जनाएको छ । टाढाबाट आउने अतिथि तथा प्रतिनिधिहरुले सदरमुकाम सल्लेरी खचाखच भरिएको छ ।

No comments: