काठमाडौं । संघीय समावादी पार्टी र खस समावेशी राष्ट्रिय पार्टीबीच एकता हुने भएको छ । दुई दलका नेताहरुबीच बिहीबार भएको वार्तामा स्थानीय निकायको निर्वाचनअघि नै पार्टी एकता गर्ने गरी जिल्लाबाट एकता थाल्ने सहमति भएको छ ।
खस समुदायलाई आदिवासीमा राख्नु पर्ने, जातीय जनसंख्याका आधारमा समावेशी हुनु पर्ने र खसहरुको छुट्टै खस राज्य बनाउनु पर्ने खस समावेशी पार्टीको मागमा संघीय समाजवादीले समर्थन गरेको छ । संघीय समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले भने-’खसहरुको छुट्टै राज्य हुनुपर्छ भन्ने मागमा समर्थन गर्नुपर्यो भन्ने उहाँहरुको कुरा थियो । हामीले यसमा सहमति जनाएका छौं ।’
वार्तामा संघीय समाजवादीका अध्यक्ष अशोक राई, महासचिव श्रेष्ठ र केन्द्रीय सदस्य पूर्णबहादुर बस्नेत तथा खस समावेशी पार्टीका महासचिव एवं वार्ता टोली संयोजक परशुराम बस्नेत, प्रेमनारयण थापा र प्रेमबहादुर खाती थिए ।
No comments:
Post a Comment