काठमाडौं । सन् २०१४ जुन १ तारिखमा बेलायतमा सगरमाथा दिवस मनाइने भएको छ । शेर्पा संघ युरोपले गत सेप्टेम्बरमा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा चुमेको दिन मे २९ लाई सगरमाथा दिवस वार्षिक रुपमा मनाउने घोषणा गरेको हो ।
यसको लागि संघका निवर्तमान अध्यक्ष आङकल्जाङ लामा, महासचिव कर्माछिरिङ शेर्पा र केन्द्रीय सदस्य साना शेर्पालाई मुल समारोह आयोजक समितिमा संयोजकको जिम्मेवारी दिइएको छ । आयोजक समितिमा श्रीप्रसाद लिम्बु (किराँत याक्थुम चुम्लुङ्ग, यूके), मुकेन छन्त्याल (छन्त्याल समाज युके महासचिव), फमबहादुर दुरा (दुरा समाज, युके), हुम सुनुवार, जोन स्पेन्सर अफोर्ड, सुष्मा राई, शान्ति थापा कुँवर, दोर्जे दन्डुल ह्योल्मो, वीर पाख्रिन, नारायण आचार्य, रामकुमार गुरुङ, राजेन्द्र श्रेष्ठ, कल्पना गुरुङ, मित्र थापा मगर, ल्हातुल लामा ह्योल्मो, हेम गुरुङ, र दावा च्यावा शेर्पा छन् । समितिमा इच्छुक व्यक्तिहरु थपिनसक्ने संघले जनाएको छ ।
कार्यक्रमबाट संकलन हुने रकम विगत ५३ वर्षदेखि एकल प्रयासबाट सगरमाथा आधार शिविर जाने बाटो निरन्तर खनिरहेका पासाङ शेर्पालाई प्रदान गर्ने र एकता सहयोग केन्द्र नेपालको अभियानलाई पनि सहयोग गर्ने भएको संघले जनाएको छ ।

No comments:
Post a Comment