Thursday, April 10, 2014

सुनकोसी पुलबारे संसदमा बहस

काठमाडौ । ओखलढुङगाको हर्कपुर टोक्सेल र उदयपुरको घुर्मी जोड्ने सुनकोशी पुल निर्माणका लागि संसदमा बहस भएको छ । व्यवस्थापीका संसदको बैठकमा बोल्दै सभासद यज्ञराज सुनुवारले सुनकोशी पुल निर्माण गर्न सरकारको ध्यानआकर्षण गराएका हुन । ‘पुल सुरु भएको आठ वर्ष भयो,तिनवटा व्यवस्था परिवर्तन भयो,दश  वटा प्रधानमन्त्री फेरीए तर पनि पुल वन्न सकेन्’ उनले भने ।
 
 पुल निर्माणका लागी हालसम्म १४ करोड खर्च भएपनि पुल निर्माणले पुर्णता नपाउदै पुल भत्किएपछि उनले संसदमा कुरा उठाएका हुन् ।  सुनुवारले प्राविधीक गढवढी वा प्राकृतिक विपत हो त्यसको जवाफ दिन पनि माग गरेका थिए । ओखलढुङगाको हर्कपुर टोक्सेल र  उदयपुरको घुर्मी जोड्ने पुल निर्माण सुरु भएको झन्डै एक दशक पुग्दा पनि निर्माण हुन सकेको छैन् । सुनुवारले संसद बैठकमा  बोल्दै भने

No comments: