काठमाडौं, ३० चैत । आदिवासी जनजातिका मुद्दालाई बेवास्ता गरीएको भन्दै
आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आन्दोलनका कार्यक्रमहरु सार्बजनिक
गरेका छन् । जातीय पहिचानको आधारमा संघीयता, आत्मनिर्णयको अधिकार, राजनैतिक
अग्राधिकार, धर्मनिरपेक्षता जस्ता आदिवासी जनजातिका मुद्दालाई निष्तेज
पार्ने प्रयास भईरहेकाले यसका विरुद्ध आन्दोलनका कार्यक्रम सार्बजनिक
गरीएको हो ।
विगतमा आदिवासी जनजातिसंग राज्यपक्षबाट भएका विभिन्न सहमति र
सम्झौताहरुको अक्षरस पालना गर्न माग गर्दै देशभरका पाच दर्जनभन्दा बढि
आदिवासी जनजातिसंग आबद्ध संघसंस्थाहरु चरणबद्ध आन्दोलनमा उत्रने भएका हुन् ।
संघीय संविधान निर्माणमा नजुटि संविधानसभाभित्र प्रतिनिधित्व गर्ने ठूला
दलहरु बहुमतीय शक्तिको बल प्रयोग गर्ने गणीतीय खेलमा रमाउन खोजेको अपिलमा
उल्लेख । बैशाख ७ गते प्रधानमन्त्री तथा सभामुख सुवास नेम्वाङलाई
ज्ञापनपत्र बुझाई आन्दोलनका कार्यक्रम थाल्ने जनाएको संयुक्त संघर्ष
समितिले जेठ १४ गतेसम्म विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु गर्ने बताएको
छ ।
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने वातावरण निर्माण गर्न
संविधानसभामा ककस निर्माण गर्न पहल गर्नेसम्मको आन्दोलनका कार्यक्रमहरु तय
गरीएको अपिलमा उल्लेख छ । आन्दोलनमा राजनीतिक दल, संविधानभामा प्रतिनिधित्व
गर्ने आदिवासी जनजाति सभासद्, जनजाति महासंघ, लाहुर्निप लगायत सहभागी हुने
जनजाति अगुवाहरुले बताएका छन् ।
No comments:
Post a Comment