शिखर पोष्ट रिपोर्टर
काठमाडौं। समग्र शेर्पाहरुको छाता संगठन नेपाल शेर्पा संघ पाँचौ राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । आँउदो २०७१ बैशाख २६ देखि २८ गतेसम्म बौद्धस्थित नेपाल शेर्पा सेवा केन्द्रको हलमा हुने उक्त महाधिवेशनको सम्पूर्ण तयारी तीब्र पारिएको संघले जनाएको छ ।
‘सम्पूर्ण शेर्पाहरुको चाहाना पहिचान र अधिकारसहितको शेर्पा स्वयत्त प्रदेशको स्थापना’ भन्ने मुल नाराका साथ स्थापना भएको संघले यस बर्षदेखि आफ्नो महाधिवेशनमा विश्वका विभिन्न मुलुकमा रहेका शेर्पा संघ संस्था तथा किदुगहरुलाई प्रतिनिधिको रुपमा आमन्त्रण गर्ने तयारी गरेको छ । पाँचौ राष्ट्रिय महाधिवेशनमा देशभित्र र बाहिरका गरी करिब साढे १२ सय जना प्रतिनिधि परिवेक्षक सहभागि हुने बताइएको छ । महाधिवेशन सम्पन्न गर्नका लागि करिब २० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

संघको हालसम्म नेपालको २३ वटा जिल्लामा र नेपाल बाहिर २० वटा देशमा आफ्नो संगठन विस्तार गरिसकेको छ । पाँचौं राष्ट्रिय महाधिवेशनमा अघिल्लो कार्यहरुलाई निरन्तरता दिदै केही नयाँ एजेण्डाहरु ल्याउने तयारी भइरहेको संघका वर्तमान अध्यक्ष पेम्बाछिरिङ शेर्पाले शिखर पोष्टलाई बताउनुभयो । आगामी महाधिवेशनमा विश्व शेर्पा सम्मेलन आयोजना गर्ने नयाँ प्रस्ताव अघि सार्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो ।
हरेक ४÷४ वर्षमा हुने संघको यस महाधिवेशनले नयाँ नेतृत्वको लागि निर्वाचनसमेत गर्नेछ । तथापी, आगामी नेतृत्व कसले लिने भन्ने विषयलाई चासोका साथ हेरिएको छ । यस सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा वर्तमान अध्यक्ष शेर्पाले पहिचान पक्षधर जो कोहीले पनि संघको नेतृत्व लिन सक्ने प्रतिक्रिया दिनुभयो । उहाँले सकेसम्म सर्वसम्मत तरिकाबाट नभएपनि स्वस्थ प्रतिस्पर्धात्मक हिसाबबाट विश्वभरका शेर्पा समुदायलाई नेतृत्व दिन सक्ने सक्षम व्यक्तिलाई ल्याउनुपर्ने आवश्यकता पनि औल्याउनुभयो । ‘अघिल्ला दृष्टान्तहरुलाई हेर्दा संघको नेतृत्वका लागि हुने चुनाब देशमा हुने ठूल्ठूला चुनावभन्दा कमको हुदैन’ उहाँले भन्नुभयो–‘विडम्बनाको कुरा त यहाँभित्र पनि पार्टीगत हिसाबले चुनाव हुने गरेको छ । यो राम्रो होइन । आगामी चुनाव त्यस्तो हुनुहुदैन भन्ने मेरो धारणा हो ।’
शेर्पा यो नेपालको परिवेशमा छुट्टै पहिचान भएको जाति हो । शेर्पा जातिको कुल जनसंख्या ५ लाख रहेको संघले दाबी गर्दै आएको छ । विस.२०५८ को जनगणनाअनुसार शेर्पा जातिको संख्या १ लाख ५४ हजार र विस. २०६८ को जनगणनाअनुसार १ लाख १२ हजार रहेको छ । यो तथ्यांकले २०५८ को जनगणनाको तुलनामा २०६८मा शेर्पा जातिको संख्या घटेको देखाएको छ । तर संघ यो तथ्यांकलाई मान्न तयार छैन । शेर्पा जातिको संख्या कुनैपनि हालतमा नघट्ने बरु उच्च रुपमा बृद्धि भएको दाबी गर्दै सरकारी तथ्यांक मिथ्यांकको रुपमा प्रस्तुत भएको आरोप लगाउँदै आएको छ ।
नेतृत्वको दाबेदारी सुरु
संघको आगामी कार्यसमितिको विभिन्न पदका लागि दाबी गर्न सुरु भएको छ । सबैले अहिले नै मुख खोलिसकेको अवस्था छैन तर आकांक्षीहरु एकपछि अर्को गर्दै आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्मको अवस्थामा आगामी कार्यसमितिको बरिष्ठ उपाध्यक्षका लागि लाक्पा ठिन्ले शेर्पाले दाबेदारी प्रस्तुत गर्नुभएको बुझिएको छ ।

No comments:
Post a Comment