शिखर पोष्ट
काठमाडौं । चीन सरकारले पूर्वसम्झौताअनुसार अनुदानको दुईमध्ये एउटा एम.ए.६० विमान नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरेको छ । सियानमा आयोजित एक समारोहमा निगमका महाप्रवन्धक मदन खरेललाई एभिक कम्पनीका उपाध्यक्ष सुबोले गत चैत्र २० गते उक्त विमान हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा गणतन्त्र चीनका लागि नेपाली राजदूत डा. महेश मास्केको पनि उपस्थिति थियो । ५६ सीट क्षमताको उक्त विमान २०७१ बैशाख १३ गते शनिवारका दिन काठमाडौंमा अवतरण गर्नेछ ।
नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता अनुसार २ वटा विमान अनुदान अन्तर्गत र ४ वटा विमान सहुलियत पूर्ण ऋणमा उपलब्ध हुनेछन् र विमानहरु २०७१ साल कात्र्तिक महिनासम्ममा आईपुग्नेछन् । यी विमानहरुबाट आन्तरिक उडानको क्षेत्रमा उल्लेखनीय योगदान पुग्नेछ ।

No comments:
Post a Comment