Wednesday, March 19, 2014

सभासद् बलबहादुर केसीबिरुद्धको रिट खारेज

काठमाडौँ । सोलुखुम्बुबाट चुनाव जितेका नेपाली कांग्रेसका सभासद् बलबहादुर केसीबिरुद्ध संविधानसभा अदालतमा दायर भएको रिट बुधबार खारेज भएको छ।
संविधानसभा चुनावका क्रममा केसी धाँधली गरेको भन्दै उनीबिरुद्ध मुद्दा दायर भएको थियो। सोलुखुम्बुबाट चुनाव जितेका केसीबिरुद्ध एमाओवादीका उम्मेदवार गोम्बु शेर्पाले मुद्दा दायर गरेका थिए।

शेर्पाले निर्वाचनमा आफ्ना पार्टी प्रतिनिधि बिना मतदान गराइएको, मतदान केन्द्रमा समेत पार्टी प्रतिनिधिलाई जान नदिइएको, सेनाका अधिकारीले खसेको मतको विषयमा चासो लिएर धाँधली गरेकाले मतगणना स्थगन या अन्तरकालीन आदेश जारी गर्न माग गर्दै रिट दायर गर्नुभएको थियो । रिटमा निर्वाचित सभासद् केसी, निर्वाचन आयोग, प्रमुख निर्वाचन अधिकृतलगायतलाई विपक्षी बनाइएको थियो ।  

No comments: