Tuesday, February 18, 2014

पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालयमा ताला

६ फागुन, काठमाडौं । नेकपा-माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) ले काठमाडौंको सिनामङ्गलस्थित पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ ।
सङ्गठनका सचिव खगेश्वर केसीले सोमबारदेखि सो कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको बताए ।
विश्वविद्यालयभित्र प्रश्नपत्र बिक्री गरिएको, १८ महिनादेखिको परीक्षाको नतिजा प्रकाशन नगरिएको, उपकुलपति र रजिस्ट्रारबीचको विवाद समाधान नभएको भन्दै क्रान्तिकारीले तालाबन्दी गरेको हो ।
विश्वविद्यालयको सम्पर्क कार्यालयमा ज्ञापनपत्र बुझाउने जाने क्रममा उपकुलपति डा. महेश्वरमान श्रेष्ठ सवार गाडीमा तोडफोड भएपछि दुई साताअघि सो सङ्गठनका केन्द्रीय सदस्य नरेन्द्र विक गिरफ्तार गरी हालसम्म रिहा नगरेकाले तालाबन्दी गरेको सचिव केसीले बताए । रासस

No comments: