काठमाडौं। समग्र पर्यटन पत्रकारहरूको छाता संगठन पर्यटन पत्रकार संघ (जाट–नेपाल)का नवनिर्वाचित कार्यसमितिले औपचारिक पदभार ग्रहण गरेको छ । आइतबार एक विशेष समारोहबीच नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो । तेस्रो वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यमितिका पदाधिकारीहरुलाई पर्यटन मन्त्रालयका सचिव सुशील घिमिरेले प्रमाणपत्र र खादा लगाएर स्वागत गर्नु भएको थियो ।
जाट नेपालको हालै सम्पन्न तेस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमितिको अध्यक्षमा इमेज नेपाल म्यागाजिनका सम्पादक हरिराज जोशी, उपाध्यक्षमा गोरखापत्र राष्ट्रिय दैनिकका संवाददाता सञ्जोग आचार्य, महासचिवमा पर्यटन अभियानका सम्पादक शिव श्रेष्ठ, सचिवमा शिखर पोष्टका अध्यक्ष प्रकाश खालिङ र कोषाध्यक्षमा एबीसी टेलिभिजनका फोटो पत्रकार लाला गुरुङ रहनुभएको छ भने सदस्यहरुमा ह्वाईट हिमालय टिभीका कल्पना महर्जन र राजधानीका संवाददाता पूर्णभक्त दुवाल रहनु भएको छ ।
कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालयका सचिव सुशील घिमिरेले हवाई सुरक्षामा सूधारात्मक कार्यक्रम ल्याउने प्रयास भइरहेको बताउनुभयो । सचिव घिमिरेले नेपाल वायु सेवा निगमका लागि नयाँ जहाज आवश्यक भएको भन्दै त्यसको प्रकृया अगाडि बढेको र केही समयको अन्तरालमा आइपुग्ने जानकारी गराउनु भयो । कार्यक्रममा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)का अध्यक्ष डिबी लिम्बुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागि पत्रकारहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । नेपालको पर्यटन विकासका लागि व्यवसायी र पत्रकार एक हुनु पर्नेमा पनि उहाँको जोड थियो । कार्यक्रममा टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले टान पर्यटन पत्रकार संघ सँग सहकार्य गरेर जान तयार रहेको बताउनु भयो । कार्यक्रममा रेवानका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले पत्रकारहरु पक्ष÷विपक्ष बनेर समाचार सम्प्रेषण गर्न नहुन बताउनु भयो ।
कार्यक्रममा विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य तथा एनएमएका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा, एनएमएका प्रथम उपाध्यक्ष निमानुरु शेर्पा, ठमेल पर्यटन विकास परिषदका अध्यक्ष रामशरण थपलिया, राष्ट्रिय पर्यटन व्यवसायी महासघंका अध्यक्ष ज्योति अधिकारी, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका अध्यक्ष शिव लामिछाने, रेष्टुरेन्ट एण्ड बार एसोसिएसनका अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठ, नेपाल पर्यटक यातायात व्यवसायी संघका अध्यक्ष रामशरण कार्की, एमाले पर्यटन इलाका कमिटीका अध्यक्ष राजेन्द्र सापकोटा, होटल एसोसिएशन नेपालका कार्यसमिति सदस्य घनेन्द्र श्रेष्ठ, गणेश हिमाल पर्यटन विकास समितिका उपाध्यक्ष तेज गुरुङलगायतको उपस्थिति रहेको थियो ।

No comments:
Post a Comment