शिखर पोस्ट डेक्स
काठमाडौं, १६ पुष । सबै भन्दा बढी बिमानस्थल भएको जिल्ला सोलुखुम्बुमा अर्को पनि बिमानस्थल बन्ने भएको छ । सोलुखुम्बु कोशीपरिको गाबिस गूदेलमा वैकल्पिक विमानस्थल निर्माण गरिने भएको हो । विश्वको सबैभन्दा अग्लो स्थनमा अवस्थित नाम्चे गाविसमा रहेको स्याङबोचे विमानस्थल, चौंरीखर्कमा रहेको तेञ्जिङ हिलारी विमानस्थल, सदरमुकाम सल्लरेरीमा रहेको फाप्लु विमानस्थल र जिल्लाको दक्षिणी क्षेत्रमा रहेको काँगेल डाँडा विमानस्थल छन । अब जिल्लाको बिमानस्थल्को सन्ख्य ५ पुग्ने छ ।

सोलुखुम्बुबाट निर्वाचित सभासद बलबहादुर केसीको एक टोली काठमाडौंबाट उक्त विमानस्थल सर्वे गर्न इञ्जिनियर सहित गुदेल पुगेका छन् । विमानस्थल निर्माण भएपछि प्रशिद्ध पर्यटकीय क्षेत्र मेरा पिक आरोहणमा जाने नेपाली तथा विदेशी पर्यटकहरुलाई समेत सजिलो हुनुका साथै अरुण भ्याली टे«क, जिल्लाको तल्लो पर्यटकीय क्षेत्रभित्र पर्ने स्थानहरु समेतमा पर्यटक पुर्याउन टेवा पुग्ने छ । यस्बाट कोशीपारीका गाविसका स्थानीय मात्र होइन भोजपुर र खोटाङ जिल्लाको उत्तरी भेगमा पर्ने गाविसहरुका स्थानीय समेत लाभान्वित हुनेछन् ।
महाकुलुङ क्लब गुदेलका सचिव सूर्य कुलुङका अनुसार गुदेलमा निर्माण गरिने नयाँ वैकल्पिक विमानस्थलको नाम महाकुलुङ विमानस्थल राखिने छ । जस्लाई तेञ्जिङ हिलारी विमानस्थल लुक्लाको वैकल्पिक विमानस्थलको रुपमा प्रयोग गरिने छ । अहिले तेञ्जिङ हिलारी विमानस्थल लुक्ला र काँगेल डाँडा विमानस्थलमा उडान भरिरहेको छ भने फाप्लु विमानस्थल भने कालोपत्रे हुने काम भैरहेकाले अहिले उडानमा रोक लगाइएको छ ।

No comments:
Post a Comment