काठमाडौं । २४ सिटसहित संविधानसभा निर्वाचनपछि चौथो शक्ति बनेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल फुटेको छ । समानुपातिक सभासद मनोनयनलाई लिएर सुरु भएको विवादले संविधानसभा गठन नहुँदै राप्रपा नेपालमा फुट आएको हो ।
शाहीकालका मन्त्री टंक ढकाल, राजाराम श्रेष्ठसहितका असन्तुष्ट नेताहरुले सोमबार निर्वाचन आयोगमा नेपाली राप्रपा नामक दल दर्ताका लागि निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगमा बुझाइएको निवदेनमा बालकृष्ण न्यौपाने, गशेण शेरचन, रमेश श्रेष्ठ, घतेन्द्र सुब्बा, रुपसिंह थापा, गोविन्द खनियाँ लगायतले हस्ताक्षर गरेका छन् ।
राजाराम श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो-’नेपाली राप्रपा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । दल दर्ताको समयमा रहेका ४५ केन्द्रीय सदस्य मध्ये २० जना हाम्रो पक्षमा छन् भने केही राजधानी बाहिर छन् ।’ केन्द्रीय समितिको ४० प्रतिशत भएमा दलले मान्यता पाउँछ ।
नेताहरुका अनुसार नयाँ दल नेपाली राप्रपाको नेतृत्व टंक ढकालले गर्ने सम्भावना छ । यसबारे छलफल गर्न अहिले बैठक भइरहेको विद्रोही नेता श्रेष्ठले बताउनुभयो । नयाँ दल दर्ताका लागि निवेदन दिएकाहरुले समानुपातिक सभासद आफूहरुले पनि पाउनु पर्ने माग गरेका छन् ।
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले राप्रपा नेपालको एउटा समूहले निर्वाचन आयोगमा केही बेरअघि निवेदन दर्ता गराएको बताउनुभयो । निर्वाचन अयाोगको प्रांगणबाहिर राप्रपा नेपालका कार्यकर्ताहरुको बाक्लो भींड रहेको प्रवक्ता राईले बताउनुभयो ।
नयाँ पार्टीको नाम- नेपाली राप्रपा, अध्यक्ष आजै तोकिने
१५ पुस, काठमाडौं । २४ सिटसहित संविधानसभा
निर्वाचनपछि चौथो शक्ति बनेको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र
पार्टी (राप्रपा) नेपाल फुटेको छ । समानुपातिक सभासद मनोनयनलाई लिएर सुरु
भएको विवादले संविधानसभा गठन नहुँदै राप्रपा नेपालमा फुट आएको हो ।
शाहीकालका मन्त्री टंक ढकाल, राजाराम
श्रेष्ठसहितका असन्तुष्ट नेताहरुले सोमबार निर्वाचन आयोगमा नेपाली राप्रपा
नामक दल दर्ताका लागि निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगमा
बुझाइएको निवदेनमा बालकृष्ण न्यौपाने, गशेण शेरचन, रमेश श्रेष्ठ, घतेन्द्र
सुब्बा, रुपसिंह थापा, गोविन्द खनियाँ लगायतले हस्ताक्षर गरेका छन् ।
राजाराम श्रेष्ठले अनलाइनखबरसँग
भन्नुभयो-’नेपाली राप्रपा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ
। दल दर्ताको समयमा रहेका ४५ केन्द्रीय सदस्य मध्ये २० जना हाम्रो पक्षमा
छन् भने केही राजधानी बाहिर छन् ।’ केन्द्रीय समितिको ४० प्रतिशत भएमा दलले
मान्यता पाउँछ ।
नेताहरुका अनुसार नयाँ दल नेपाली
राप्रपाको नेतृत्व टंक ढकालले गर्ने सम्भावना छ । यसबारे छलफल गर्न अहिले
बैठक भइरहेको विद्रोही नेता श्रेष्ठले बताउनुभयो । नयाँ दल दर्ताका लागि
निवेदन दिएकाहरुले समानुपातिक सभासद आफूहरुले पनि पाउनु पर्ने माग गरेका
छन् ।
निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले
राप्रपा नेपालको एउटा समूहले निर्वाचन आयोगमा केही बेरअघि निवेदन दर्ता
गराएको अनलाइनखबरलाई बताउनुभयो । निर्वाचन अयाोगको प्रांगणबाहिर राप्रपा
नेपालका कार्यकर्ताहरुको बाक्लो भींड रहेको प्रवक्ता राईले बताउनुभयो ।
- See more at: http://www.onlinekhabar.com/2013/12/150006/#sthash.i4hZcX8o.dpuf

No comments:
Post a Comment