Tuesday, December 31, 2013

एमाले सोलुखुम्बुको बिरोध कार्यक्रम स्थगित


शिखर पोस्ट । समानुपातिक सभासद्को बिषयलाई लिएर सामुहिक राजिनामा दिएको नेकपा एमाले सोलखुुम्बुले तत्कालका लागि बिरोधका कार्यक्रमहरु स्थगित गरेको छ । जिल्ला कमिटीका बरिष्ठ सदस्य झलक शेर्पाको नेतृत्वको टोलीले केन्द्रिय सचिब बिष्णु पौडेलसँग भेट गरेपछि तत्कालका लागि बिरोधका कार्यक्रम स्थगित गरेको एमाले सोलुखुम्बुले जनाएको छ । 


भेटमा सोलुखुम्बु जिल्ला कमिटीको कुरालाई तत्कालै सम्बोधन गर्ने र छलफलको माध्यमवाट समस्या समाधान गर्ने सहमति भएको एमाले सोलुखुम्बुले जनाएको छ । काठमाण्डौमा सोलुखुम्बुको टोलीले पौडेललाई भेटेपछि सोलुखुम्बुमा पार्टी कार्यवाहक अध्यक्ष मानवीर राई र सचिव डुफकुमार बास्तोलाले संयुक्त विज्ञप्ती जारी गर्दै अब बस्ने स्थायी कमिटीको बैठकसम्म बिरोध कार्यक्रम स्थगित गर्ने र बैठकले सम्बोधन नगरेमा पुनः बिरोध कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ । 

समानुपातिक कोटामा सोलुखुम्बुलाई सम्बोधन नभएपछि जिल्ला कमिटीका सबै पदाधिकारीले राजीनामाको घोषणा गर्दै पार्टी कार्यालयको चाबी केन्द्रलाई बुझाउने र पार्टीको नाममा भएको चल अचल सम्पत्ती बुझ्न आग्रह गरिएको थियो । 

No comments: