शिखर पोष्ट संवाददाता
एमाओवादीभित्र जातीय पहिचानको वकालत गर्दै आएका नेताले पहिचानको विषयमा जनतालाई बुझाउन नसकिएको भन्दा पनि आफ्नै पार्टीलाई नै बुझाउन नसकिएको बताएका छन् । जातीय पहिचानलाई नमान्ने हो भने त्यस्तो नेताले एमाओवादी छाडेर कांग्रेस र एमालेमा लागे हुने उनीहरुको प्रतिक्रिया छ ।
पार्टीभित्र उठेको जातीय पहिचान सहितको संघीयतासम्बन्धी नया बहस बारे प्रश्न गर्दा एमाओवादी नेता गोपाल किरातीले भन्नुभयो ‘अझै पनि तपाई पहिचानको संघीयता नझु्ने ? बुझ्न सकिएन, बुझाउन सकिएन भनेर साथीहरुले भनिसकेपछि यो वर्ग दृष्टिकोणको समस्या हो । बुझाउन सक्नुभएन, बुझ्न सक्नुभएन भने छिटो बुझ्नोस्, होइन भने तपाई पार्टी छाडिदिनोस् ।’
पार्टीभित्र आफूले पहिचानको संघीयताको विरोध गर्नेहरुलाई कडा जवाफ दिने गरेको बताउदै किराती भन्नुहुन्छ,-’पार्टीको नीति नबुझ्ने, सिद्धान्त नबुझ्ने मान्छे थोडै पार्टी मेम्बर हुन्छ ? तपाई बुझ्नु हुन्न भने यो पार्टी छाडिदिनोस् । कांग्रेसमा जानोस्, एमालेमा जमानोस् । कता-कता जानुपर्छ जानोस् । यसै सानो पार्टी, उसै सानो पार्टी ।’
एमाओवादी पार्टीमा बाहुन भएर पनि प्रचण्ड, बाबुराम र हरिबोल गजुरेलमात्रै जातीय पहिचानको पक्षमा स्पष्ट रहेको र अरु नेताहरुमध्ये केही संघीयताकै विरोधमा रहेको किरातीको आरोप छ । ‘माओवादी पार्टीले ०५५ सालदेखि जातीय मोर्चा बनायो, ०६४ सालदेखि राज्य समिति बनायो । त्यो राज्य समितिलाई अलिकति मिलाएर स्वायत्तताको अलिकति अधिकार प्रदान गर्नमार्त्रै बाकी हो । भनेपछि, अझै पनि तपाई पहिचानको संघीयता नझु्ने ?’ किरातीले आफ्ना नेता कार्यकर्तालाई प्रश्न गर्नुभयो ।
किरातीको थप गुनासो छ, ‘चुनावमा पहिचानसहितको संघीयताबारे जनतालाई बुझाउन नसकेको भन्नुभन्दा पनि पहिले त पार्टीभित्रै बुझाउन सकिएन । कर लाग्यो भने पार्टीको नीति भिन्दिने, अन्यथा आफूले पहल गरेर नहिड्ने एउटा कप्ट्याइको स्थिति छ ।’

No comments:
Post a Comment