Sunday, December 29, 2013

लोसार पर्बलाई अबदेखी एकै साथ मनाइने

काठमाडौं । शेर्पा समुदायले परम्परागत रुपमा मनाउदै आएको लोसार पर्बलाई अबदेखी एकै साथ मनाउने सहमती भएको छ । नेपाल शेर्पा संघ केन्द्रीय कमिटिको आयोजनामा काठमाण्डौंमा रहेका विभिन्न शेर्पा संघ संस्था र किदुगहरु बीच शनिबार सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो ।

विगतका दिनहरुमा विभिन्न जिल्ला र क्षेत्रका किदुग तथा संघ संस्थाहरुले छुट्टाछुट्टै पिकनिक कार्यक्रमहरु आयोजना गर्दै आइरहेका थिए । यस बर्षदेखि सामुहिक रुपमा  भव्य  मनाउनुपर्ने आवश्यकता रहेको बैठकमा निर्णय भएको छ ।

बैठकमा नेपाल आदिवासी जनजाति महासंघका पुर्व महासचिव आङ काजी शेर्पाले कार्यक्रमले लोसारको पहिलो तिथिमा घरबाटै निस्कन नहुने भन्ने शेर्पाहरुमा रहेको रुढीबादी सोचमा परिवर्तन ल्याएको अताउनुभयो । नेपाल शेर्पा संघका अध्यक्ष पेमा छिरि शेर्पाले आम शेर्पाहरुको बीचमा एकता र सदभाव सहित यस बर्षदेखिको लोसारलाई एक विशेष महोत्सबको रुपमा मनाउनका लागि प्रयास थालिनुपर्ने र जसका लागि  सबै संघसंस्था तथा किदुगहरुको बीचमा बैठक आयोजना गरिएको बताउनु भएको थियो । उहाँले यस प्रयासका लागि हिमालयन शेर्पा सांस्कृति केन्द्रले आयोजना गर्न लागेको वृहत श्यब्रु नृत्य प्रतियोगितामा सबै संघ संस्था तथा किदुगहरुले सहभागिता जनाएर सदभाव र सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । बैठकमा नेपाल शेर्पा महिला संघका अध्यक्ष ङिमी शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष लाक्पा शेर्पा तथा अन्य विभिन्न शेर्पा किदुग तथा संघ संस्थाका प्रतिनिधिहरुले आ–आफ्नो धारणा र सुझावहरु राख्नुभएको थियो ।


No comments: