सोलुखुम्बु, १५ पुस । एमाले सोलुखुम्बुले आज केन्द्रलाई चाबी बुझाउने भएको छ । समानुपातिक सभासद छनौटमा सोलुखुम्बुबाट सिफारिस गरिएको कसैलाई सभासद् नबनाएपछि असन्तुष्ट भएका नेकपा एमाले सोलुखुम्बुका आज केन्द्रिय कार्यालय बल्खुमा जिल्ला कमिटी सोलुखुम्बुको चाबी बुझाउने भएको हो ।
शनिबार समानुपातिक सभासद्को नामावली सार्वजनिक हुनासाथ जिल्ला कमिटीमा रहेका ४१ जना सदस्यहरुले सामूहिक रुपमा राजीनामा दिएका थिए । सोलुखुम्बुलाई केन्द्रले हेर्ने दृष्टिकोण सङकीर्ण भएको, कुनै पनि जिल्ला नछुटाउने भन्दै आए पनि व्यवहारत: लागू नगरेकाले जिल्ला कमिटिमा बस्न कुनै औचित्य नभएकाले सामूहिक रुपमा राजिनामा दिएका हौं सचिव डुफकुमार बास्तोलाले बताए ।
आइतबार काठमाण्डौमा भएको एमाले सोलुखुम्बु सम्बद्धहरुको भेलाले विहान ११ बजे पार्टी कार्यालय बल्खु पुगी चाबी बुझाउने नेता बुद्धिकुमार राजभण्डारीले जानकारी दिए । काठमाण्डौमा रहेका सोलुखुम्बु एमाले सम्बद्ध नेता कार्यकर्तालाई पनि विहान ११ बजे पार्टी कार्यालय बल्खु पुग्न नेता राजभण्डारीले आग्रह गरे ।
No comments:
Post a Comment