शिखर पोष्ट रिपोर्टर
हालै सम्पन्न द ग्रेट हिमालय ट्रेल कार्यक्रमले सोलुखुम्बु जिल्लाको दक्षिणी भेगमा पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । देशका विभिन्न ५ वटा जिल्लामा संचालन भएको उक्त कार्यक्रम सोलुखुम्बुमा बढि प्रभावकारी भएको बताइएको छ । द गे्रट हिमालय ट्रेल कार्यक्रमका सोलुखुम्बु संयोजक मुकुन्द पोख्रेलकाअनुसार पर्यटकीय विकासका लागि यस परियोजनाले सोलुखुम्बुमा विभिन्न नेतृत्व विकास सम्बन्धी तालिम, उद्यम विकासका लागि शीपमूलक तालिम, बजार विस्तार जस्ता तालिमहरु प्रदान गरेको थियो । त्यस्तै पर्यटकीय क्षेत्रको भौतिक विकास, व्यवसायीहरुको लागि भौतिक सहयोग जस्ता कामहरु पनि गरेको थियो । यस कार्यक्रम अन्तर्गत सोलुखुम्बुका विभिन्न ५ वटा पदमार्गहरुको विस्तृत विवरण गुगल अर्थमा राखेर अन्तरर्ाष्ट्रिय स्तरमा प्रचारप्रसारको काम समेत गरेको छ ।

दुई वर्ष अघि शुरु डिसेम्बर १ बाट सकिएको सो परियोजनाले पर्यटन व्यवसाय सुधारको लागि संस्थागत विकास, उद्यम विकास, भौतिक पूर्वाधार विकास र बजारीकरणका सम्बन्धमा काम ग¥यो । नेपालमा रहेका सबैजसो हिमालको दृष्यावलोकन, साहसिक पदयात्रा, नयाँ गन्तव्य, विभिन्न संस्कृतिहरुको अवलोकन, प्राकृतिक मनोरमता, वातावारणीय विविधता जस्ता कारणले गर्दा द ग्रेट हिमालय ट्रेल कार्यक्रम विश्वमै महत्वपूर्ण मानिदै आएको छ । कार्यक्रमलाई आर्थिक सहयोग गरेको युके एडको मुल्याङकनमा ए प्लसमा पर्न सफल गे्रट हिमालय टे«ल कार्यक्रम योङग स्टार क्लव र जिल्ला विकास समिति सोलुखुम्बुको सहकार्यमा संचालन भएको थियो ।
डिसेम्बर १ बाट सम्पन्न भएको ग्रेट हिमालय ट्रेल कार्यक्रमले गरेको कामहरुको समिक्षा गर्न सल्लेरीमा आयोजित कार्यक्रममा उपस्थित सरोकारवालाहरुले सोलुखुम्बुमा कार्यक्रम प्रभावकारी भएको बताएका हुन् । कार्यक्रमको समिक्ष कार्यक्रममा सहभागीहरुले कार्यक्रम प्रभावकारी भएको भन्दै जिल्लाका लागि यस्तो कार्यक्रम आवश्यक रहेको बताए । सोही अवसरमा निमित्त स्थानीय विकास अधिकारी युवराज पोख्रेलले जिल्लाको दक्षिणी भेगमा पर्यटन व्यवसाय प्रवद्र्धनका लागि यो कार्यक्रम प्रभावकारी भएको बताए ।
No comments:
Post a Comment