शिखर पोष्ट रिपोर्टर
काठमाडौं÷ एमाओवादी नेता गोपाल किराँतीले गृहमन्त्री माधव घिमिरे र प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आफुहरुलाई हराएको आरोप लगाएका छन् । घिमिरे र उप्रेतीप्रति आक्रोश पोख्दै किराँतीले भने, ‘मैले पार्टीसमक्ष माग गरेको छु, कसरी हुन्छ ती दुई जनालाई नझुण्ड्याई हुन्न, जनतासमक्ष पनि मेरो यही माग छ ।’ उनले गृहमन्त्री घिमिरेले कांग्रेस र प्रमुख निर्वाचन आयुक्त उप्रेतीले एमालेको प्रतिनिधिको रुपमा मात्र काम गरेको आरोप समेत लगाए । उनले भने, ‘उप्रेतीलाई म चिन्दिन, उनलाई टिभीमा मात्रै देखेको हुँ, घिमिरेलाई राम्ररी जान्दछु, उनी एकदमै हठी मान्छे हुन् ।’

संविधान सभा निर्वाचनको परिणाम सुन्दै गएपछि तपाइँलाई कस्तो लाग्यो भनेर सोधिएको प्रश्नमा उनको जवाफ थियो, ‘शुरुमा हाँसे, बिचमा आश्चार्यचकित भए, अहिले चाँहि एकदमै रिस उठेको छ ।’ हारको एउटा प्रमुख कारण पार्टीभित्रको आन्तरिक समस्या रहेको समेत उनले बताए । उनले बाबुराम भट्टराई नेतृत्वको बहुमतबाट निर्वाचित सरकार खिलराज रेग्मीलाई सुम्पिएको, लोकमानसिंह कार्कीलाई अख्तियारमा लैजाँदा भोग्नुपरेको चर्काे बेइज्जती, सेना परिचालन गर्दा होश नपु¥याइएको र अघिल्लोपटकको संबिधान सभामा ठूलो दल भएपछि संबिधान बनाउनुको साटो सरकार र मन्त्री पद खोज्दैमा पार्टी अल्मलिएका कारण एमाओवादीले पराजित भएको उनको धारणा रहेको छ ।
२०६४ सालमा आफ्नो गृह जिल्ला सोलुखुम्बुबाट अत्याधिक मत ल्याई जितेका किराँती यसपटक झापा–७ मा एमाले नेता केपी ओलीसँग पराजित भए ।
No comments:
Post a Comment