शिखर पोष्ट रिपोर्टर
काठमाडौं÷ सरकारले नेपाली पर्वतारोहीका लागि सगरमाथा आरोहण दस्तुर घटाएको छ । आगामी वसन्त ऋतुबाट लागू हुने गरी अहिले तिदैर् आएको २५ हजार डलरबाट घटाएर ७५ हजार रुपैयाँ निर्धारण गरिएको हो ।
सरकारले विदेशी नागरिकको लागिसमेत १४ हजार डलर आरोहण दस्तुर छुट दिएको छ । व्यवसायीले आरोहण दस्तुर छुटका लागि १० जनासम्मको नक्कली टोली बनाउने र सरकारी राजस्व छल्ने प्रयास गरेकोले प्रतिव्यक्ति शुल्क लिने व्यवस्था गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।
अघिल्लो प्रावधान अनुसार नेपाली तथा विदेशी आरोहीले प्रतिव्यक्ति २५ हजार डलर र १० जनाभन्दा बढीको टोली भएको अवस्थामा प्रतिव्यक्ति १० हजार डलर तिर्नुपर्दछ । नेपाली र विदेशीलाई एउटै दर भए पनि नेपालीले तिर्न नसकेकोले हरेक टोलीलाई सरकारी निर्णयबाट मिनाहा गरिँदै आएको थियो । यो व्यवस्थापछि सगरमाथा आरोहण गर्न जाने नेपालीले सहयोगीको रुपमा जानुपनेर् व्यवस्थासमेत हट्ने मन्त्रालयले जानकारी दिएको छ ।
नेपाली आरोहीका लागि आठ हजार मिटर माथिका अन्य हिमालका लागि भने प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने व्यवस्था गरिएको छ भने विदेशी नागरिकको लागि ८ हजार मिटरमाथिका सबै हिमालको आरोहण शुल्क एक हजार आठ सय डलर लिने व्यवस्था गरिएको छ ।

No comments:
Post a Comment