शिखर पोष्ट संवाददाता
विश्वको सर्वोच्च शिखर सगरमाथालगायत दर्जनौं हिमश्रृंखलाहरू रहेका कारण सोलुखुम्बुको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सुपरिचित भएपनि दक्षिणी क्षेत्रका सम्भावनाहरूको गर्न नसक्दा त्यस क्षेत्र ओझेलमा पर्दै आएको छ । सोही कुरालाई मध्यनजर गर्दै शेर्पा बालबालिका सहायता संघले होमस्टे कार्यक्रम सञ्चालन गरेको छ ।
त्यस क्षेत्रमा रहेका पर्यटकीय सम्भावनाहरूको खोजी गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले शेर्पा संघले सन् २००९देखि होमस्टे कार्यक्रम सुरूवात गरेको थियो । सोलुखुम्बुको तल्लो भेगमा अवस्थित गार्मा, च्याल्सा, मुलखर्क, नेले, काकु (न्यागियाङ), बासा (खास्ताव), देउसा, घुन्सा, केरूङ, झाप्रेलगायतका ठाउँमा होमस्टे सञ्चाल गरिसकिएको र यसलाई अझ विस्तार गर्दै लैजाने संघका अध्यक्ष निमा शेर्पाले बताउनुभयो ।
अर्गानिक खेतीबाट जिविकोपार्जन गर्ने यस क्षेत्रका जनताहरूमा पर्यटन सम्बन्धि जनचेतना जगाउनका लागि होमस्टे कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने पनि उहाँले बताउनुभयो ।
आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनको लागि होमस्टेका साथै विभिन्न पर्यटकीय गतिविधि सञ्चालन गर्दै जाने अध्यक्ष शेर्पाको भनाइ छ । स्थानीय उत्पादन र त्यसबाट तयार हुने खानाका परिकारहरू, विभिन्न जातीय पहिचान झल्कने भेषभूषा, रहनसहन र संस्कार संस्कृति तथा यहाँका ऐतिहासिक र प्राकृतिक सम्पदाहरू होमस्टे कार्यक्रमको आकर्षण हुन् ।
होमस्टेलाई व्यवस्थित रूपमा सञ्चालन गर्नका निम्ति हरेक ठाउँमा एउटा समिति गठन गरिएको छ । सोही सहितको अगुवाईमा होमस्टेमा बस्ने आउने पर्यटकवातप केहि रकम संकलन गरेर छुट्टै कोष खडा गर्ने र उक्त कोषबाट सम्बन्धित गाउँको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताइएको छ ।
हाल होमस्टे कार्यक्रम सञ्चालित क्षेत्रमा शेर्पा, खालिङ, थुलुङ, कुलुङ राईलगायतका जातिहरूको बाहुल्यता रहेको छ । जातीय विविधता रहेको यस क्षेत्र साँस्कृतिक, धार्मिक तथा कृषि पर्यटनका लागि सम्भावनायुक्त रहेको छ ।

No comments:
Post a Comment