शिखर पोष्ट संवाददाता
खालिङ भाषाको गीति एल्बम विजम्फुल (मुक्चम भाग–३) को तयारी तिब्र पारिएको छ । चर्चित गायक पूर्ण राईको संयोजकत्वमा उक्त एल्बम निर्माण कार्य भइरहेको छ । मुक्चम एल्बमको निरन्तरतास्वरूप उक्त एल्बम तयारी गरिएको हो । मुक्चमको सट्टा किन विजम्फुल भन्ने शिखर पोष्टको प्रश्नमा संयोजक राईले खालिङ राईहरूको उपनाम (फुलनङ) राख्ने परम्परागत प्रचलनलाई संरक्षण गर्न एल्बमको नाम विजम्फुल राखिएको बताउनुभयो ।
यस एल्बममा बालगीत, वास गीत, आयसा, जागरण गीत, रोमान्टिकलगायतका सबै वर्ग र धारका गीतहरूलाई समावेशी रूपमा समेटिने छन् । यसमा जम्मा ८ वटा गीत हुनेछन् । ती सबै गीत खालिङ भाषामा हुनेछन् ।
प्राप्त जानकारीअनुसार संगीतकार पविधन राई, गायक पूर्ण राई, यादव राई, मानु राई, योगेश्वर राई, धन राईलगायतका कलाकारहरूले एलबमको मुख्य भूमिकामा रहनुभएको छ । त्यस्तै नव कलाकारहरू सृजना राई, यसोधा राई, ममता राई र प्रीय राईको पनि यसमा स्वर रहने छ । एल्बममा पविधन, पूर्ण, मानु, धन तथा दिलकुमार राई, कवि राई, अर्जुन राई र गणेश कुमार राईको शब्द रहनेछ ।
२०७० सालभित्र सार्वजनिक गरिसक्ने गरी तयारी भइरहेको एल्बमको लागि आउदो तिहारसम्म कम्तिमा ३ वटा गीत तयार भइसक्ने पनि संयोजक पूर्ण राईले जानकारी दिनुभयो । करिब २ लाख लाग्ने बताइएको उक्त एल्बमका लागि गाउदेखि शहर र विदेशमा रहेका खालिङ राईहरुको स्वेच्छिक सहयोग रहेको बताइएको छ । मुक्चम भाग–१ (२०५५) र भाग–२ (२०६५) अहिलेसम्म खालिङ समुदायबीच चर्चामा रहँदै आएको छ ।

No comments:
Post a Comment