शिखर पोष्ट सम्बादाता
मंसिर ४ गते हुने संविधानसभाको दोश्रो निर्वाचनको उम्मेदवार छनौटको विषयलाई लिएर नेपाली कांग्रेस सोलुखुम्बुमा टिम्बुरबोटे भ्रष्टाचारको कुरा निस्किएपछि सुरु भएको विवाद अन्तत दुइवटा प्यानलले छुट्टाछुट्टै बैठक राखी केन्द्रीय समितिमा उम्मेदवार सिफारिस गरेका छन् । उम्मेदवार सिफारिसको लागि बसेको जिल्ला समितिको बैठकमा केन्द्रीय सदस्य बल बहादुर के.सी. र जिल्ला सभापति आङगेलु शेर्पाको प्यानलले छुट्टाछुट्टै उम्मेदवार सिफारिस गरेको हो ।
कांग्रेस सोलुखुम्बुबाट एउटा पक्षले प्रत्यक्षततर्फ जिल्ला सभापति आङगेलु शेर्पा, खिलराज बस्नेत र मंगलसिं तामाङलाई सिफारिस गरेको छ । उक्त पक्षले समानुपातिकतर्फ भने गोकर्ण राई, पुरुषोत्तम बस्नेत, प्रभुराम बस्नेत, छत्रध्वज बस्नेत, हुतराज बस्नेत, केशर थुलुङ, धर्मबहादुर नेपाली, टंकीमाया बस्नेत र सुनिता कायस्थलाई सिफारिस गरेको छ ।

त्यस्तै अर्को पक्षले केन्द्रीय सदस्य बलबहादुर के.सी. पक्षले प्रत्यक्षतर्फ के.सी., रामबहादुर बस्नेत र प्रेमबहादुर थापा मगर र समानुपातिकतर्फ श्रीलाल थापा मगर, बिनोदकुमार बस्नेत, भोजराज कार्की, जीतबहादुर राई, छिण्डील्हमु शेर्पा, धनजन राई, पेमा तामाङ, पदमबहादुर नेपाली, मनोज खड्का र सरला राईलाई सिफारिस गरेको छ ।
वि. सं. २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा बलबहादुर केसीलाई आङगेलु समूहले असहयोग गरेको आरोप लागेको थियो । अबको संविधान सभाको निर्वाचनमा केसी समूहले पहिलो निर्वाचनको बदला लिने नाम नबताउने सर्तमा नेपाली कांग्रेसका एक जिल्ला नेताले बताए ।

No comments:
Post a Comment