समानुपातिकतर्फ पाचजनाको नाम सिफारिश शिखर पोष्ट सम्बादाता
नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटिले संविधान सभाको दोश्रो निबार्चनका लागि प्रत्यक्षतर्फ आङङिमा लामालाई उठाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटिको बैठकले प्रत्यक्षतर्फ लामालाई र समानुपातिक तर्फ बुद्धि कुमार राजभण्डारी, कल्पना नाछिरिङ, सोनाम ग्याल्जेन शेर्पा, मानबीर राई र डुफ कुमार बास्तोला गरी पाँच जनाको नाम सिफारिस गरेको छ ।
बैठकले चुनावलाई लक्षित गरी निबार्चन परिचालन कमिटीको मुख्य जिम्मेवारी बुद्धिकुमार राजभण्डारीलाई दिएको छ भने आर्थिक संकलन कमिटीमा आङ इगेले झलक शेर्पा, प्रचार प्रसारका लागि प्रचार प्रसार प्रमुख सचिव डुफ कुमार बास्तोलालाई जिम्मेबारी दिने निर्णय गरेको छ ।
उम्मेदवार बनेका लामाले विगतका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्ने बताउँदै अब एमाले एक भएको बताए । सर्वसम्मत् रुपमा उम्मेदवार छनौट गरेर सोलुखुम्बुले केन्द्रलाई पनि दबाब र सन्देश दिएको गत निर्वाचनका उम्मेदवार बुद्धिकुमार राजभण्डारीले बताए । उनले अबको चुनाबमा एमालेको जित सुनिश्चित रहेको भन्दै सबैले आ—आफ्नो ठाउँवाट सहयोग गर्न आग्रह गरे ।

No comments:
Post a Comment