काठमाडौं, भदौ २० । गत वर्षको अगस्टको
तुलनामा यो वर्षको अगस्टमा पर्यटक आगमन सामान्य वृद्धि भएको छ । अध्यागमन
विभागले जारी गरेको तथ्यांकअनुसार अगस्टमा हवाई मार्गबाट आउने पर्यटकको
संख्या ६.३४ प्रतिशत बढेर ४७ हजार ३ सय ९७ पुगेको छ ।
दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको
संख्या १० प्रतिशतले बढेको छ । अन्य मुलुकबाट आउने पर्यटकको संख्या अत्यधिक
बढेको भए पनि भारतबाट आउने पर्यटक १.६७ प्रतिशत मात्र बढेका छन् । बाँकी एसियाबाट पर्यटकको आगमन २१.९२
प्रतिशतले बढेको विभागले जनाएको छ । चीनबाट आउने पर्यटक संख्या २१.५
प्रतिशत बढेका छन् । जापान, सिंगापुर र मलेशियाबाट आउनेको संख्या ३५, ५२ र
७४ प्रतिशत बढेको छ ।
थाइल्याण्डका पर्यटक भने ९ प्रतिशत घटेका छन् । यूरोपबाट पनि १७.३७ प्रतिशतले पर्यटक घटेका छन् । यूरोपभित्र बेलायत, जर्मनी र फ्रान्सबाट
आउने पर्यटक भने बढेका छन् । अर्कोतर्फ अष्ट्रेलिया, क्यानडा र अमेरिकी
पर्यटकको संख्या पनि वृद्धि भएको छ ।गत महिना नेपालबाट ५९ हजार ३ सय ३५ पर्यटक
बाहिरिएका छन् । यो अवधिमा नेपालीहरु ७५ हजार २ सयको संख्यामा बर्हिगमन
भएका छन् भने ६२ हजार २ सय नेपाली आगमन भएका छन् ।
onlinekhabar
No comments:
Post a Comment